images
images
images
images
images

किसानलाई मलको अभाव

images
images

 

(धनगढी) किसानलाई गहु‘ खेतीका लागि डिएपी मल चाहिएको छ । किसान दिनदिन गाउका सहकारी सस्थाहरुमा मलका लागि धाएकाधाएै छन । तर सदैं रित्तो हात घरफर्किरहेको पिडा ब्यक्त गर्न थालेका छन ।
‘गहु छर्ने बेला भईसक्यो, मल नपाउदा हैरान भएका छौं’धनगढी उप महानगरपालिका १२का देव बहादुर चौधरीले भने,‘गाउमा मल बितरण गर्ने सहकारी सस्थामामा मल आएकैं छैन । एक दुई दिनपछि आउनु भनेर फकाईरहेको छ, सहकारी सस्था ।’
यसपाली बिमौसमी बर्षाले पाकेको धान पनि भित्राउन नपाएको पिडा किसानलाई छदैंछ । ‘लहलह पाकेको धानको बाली बिमौसमी बर्षाले नोक्सान पा¥यो’कैलारी गाउपालिका ८ का कुलदिप चौधरीले भने,‘ तिनै तहका सरकार त्यसबेला बिमौसमी बर्षाले गरेको नोक्सान हेर्न गाउघरमा आए । बिभिन्न खाले राहातका कुरा गरेर पनि गए । ग‘हु खेतीका लागि मल निशुल्क दिने सम्म पुरा गरेका थिए । अहिले गहु छर्ने बेला शुरु भएपछि सहकारी सस्थामा मलनैं छैन ।’
उनले किसानलाई किनेर खेतमा मल हाल्न समेत सरकारले मल पुगाउन नसकेको बताए । त्यस्तै भजनी नगरपालिका ७ थापापुरका गंगा चौधरीले पनि बिमौसमी बर्षाबाट पिडित किसानलाई निशुल्क मल लगायतको झुठो आश्वासन बाढेको बताए । ‘येतिबेला किसानलाई मल चाहिएको छ’उनले भने,‘ख्यै मल दिएको ?’
भजनी कृष्णनगरका लिला साउदले बिमौसमी बर्षाले धान पनि भिधाउन नपाकेको बेला गहु खेती पनि मलको अभावमा सर्पान नसकिने हो भने यो बर्ष भोकैं मरिने हो भनिन । ‘बाढी लागेको खेतमा मलको प्रयोग नगर्दा त बाली सप्रीदैंन’उनले भनिन,‘यतिबेला कुनै पनि राहात चाहिदैंन मल र बिउ दे सरकार ।’
मल आपुर्ति गर्ने कृषि समाग्र्री लिमिटेडको प्रदेश कार्यालय धनगढीका निमित्त रुप बहादुर कुवरले गोदाम रित्तिएको बताए । ‘गोदाममा मल सकिएको छ’ कुवरले भने,‘ किसानको ताती भने लागेको छ । आईतवार सम्म पुग्छ की ?’उनका अनुसार कृषि समाग्री कम्पनीको भैरहवा केन्द्रीय गोदाममा ८ हजार मेट्रिक टन मात्रैं आएको आईतवार सम्ममा सुदूरपश्चिमका लागि एक हजार मे.ट. आउन लागेको बताए ।
‘एक हजार टन डिएपी पुगेपछि बितरण शुरु गर्ने भनेका छौं’उनले भने,‘यहाबाट कैलाली सहित सुदूरपश्चिमका पहाडी जिल्ला पनि मल पु¥याउनु पर्छ ।’ उनले तत्काललाई पहाडी जिल्लाका लागि ३०÷३५ जिल्लामा पठाउने र बाकी येहि बितरण गरिने बताए । उनले कैलाली जिल्लाका लागि गहु तथा धानको एक सिजनका लागि ५ हजार भन्दा बढी मे.टन डिएपी र त्येहि हाराहारीमा युरिया चाहिने बताए ।
‘केन्द्रीय कार्यालयबाट यो बर्ष मल खरिदनै कम गरेको थहा भएको छ ’ उनले भने,‘१७ जिल्लामा रहेका कृषि समाग्री कम्पनीको कार्यालयमा पठाउदा सुदूरपश्चिमले बढीमा २ हजार जति मेटन मात्रैं पाउने सम्भवना रहेको छ । सुदूरपश्चिमको सवैभन्दा धेरै धान उत्पादन हुने जिल्लामा कैलाली पर्छ । कैलाली जिल्लामा ७२ हजार हेक्टरमा धान खेती लगाईन्छ । ु
मलको अभावमा भारतबाट चोरी
मल आपुर्ति गर्ने निकाय कृषि समाग्री कम्पनी लिमिटेडको कार्यालयले कैलालीका किसानहरुका लागि धान वा गहु कुनै बालीका लागि पनि प्रयाप्त मल पुगाउन नसकेको किसानको जहिलेको गुनासो रहने गरेको छ ।
हसुलियाका दुखीराम चौधरीले सिमावर्ति हामी किसानले जहिलेनै भारतबाट चोरी गरि ल्याएको रसानिक मलको प्रयोग गर्न बाध्य भएको बताए । ‘भारतबाट अवैध रुपमा आएको रसानिक मल गुणस्तरको छैन’उनले भने,‘जान्दा जान्दै पनि नेपालको मल नपाउदा त्यैं कम गुणस्तर र मिसावट भएको मल प्रयोग गरेका छौ
कैलाली र कञ्चनपुरमा कृषि समाग्री केन्द्रले मल आपुर्ति गर्न नसक्दा भारतबाट अवैध रुपमा कम गुणस्तरको मल भित्रिने गरेको हो ।
कैलालीको बिभिन्न नाकाबाट यतिबेला तस्करहरुले मलको ठुलो परिणाममा तस्करी गर्ने गरेका छन । जानकारका अनुसार दैनिक एक हजार क्वीन्टल मल भजनी , हसुलिया र टिकापुर खक्रौला नाकाबाट भईरहेको छ ।

images
images