काठमाडौँ । आफ्नो सुरक्षाविरुद्ध गएपछि रुसले युक्रेनमाथि हमला सुरु गरेको आज १५ दिन पुगेको छ । युक्रेनबाट २५ लाखभन्दा बढी नागरिक पलायन भइसकेका छन् । रुसी सेनाले खार्किभलगायत मुख्य शहर नियन्त्रणमा लिइसकेका छन् ।
रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो आरणविक ऊर्जा केन्द्र र तेस्रो ठूलो केन्द्र नियन्त्राणमा लिइसकेको छ । रुसी सेनामाथि हमला भइरहेका क्षेत्रहरमा हमला जारी भइरहेका छन् । रुसले फसेका नागरिकलाई बाहिर निकाल्न युद्धविराम समेत गरिरहेको छ ।
त्योसँगै अन्य क्षेत्रमा हमला पनि जारी छन् । दोस्रो विश्व युद्धमा हिटलरको सेनासँग लडेर जोगाएका युक्रेनको राजधानी किभलाई रुसी सेनाले घेराउ गरेको छ । पत्रकार राजेश पावरका अनुसार रुसले किभलाई ध्वस्त गर्न चाहँदैन ।
अन्य क्षेत्रमा हमला गरी दवाव दिएर युक्रेनी सेनालाई गलाउन चाहन्छ । किभमा दोस्रो विश्व युद्धको बेला ज्यान गुमाउने शालिक छन् । त्यसमा सबैभन्दा धेरै सोभियत सेनाको ज्यान गएको थियो ।
रुसी सेनाका हजारौं ट्याक्र तत्कालिन सोभियत संघ (कम्युनिस्ट) काे झण्डा फराउँदै किभ घेर्न अघि बढिरहेका दृश्य अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा देखिएका छन् । सोभियत कालमा यो झण्डा फराउँदै सेना अघि बढ्यो भने विश्व नै डराउने अवस्था थियो । यो झण्डाको पहिचना सोभियत सेना संसारकै सबैभन्दा शक्तिशाली सेना हो भन्ने पनि हो ।