images
images
images
images
images

अरुणिमा कलेजको आयोजनामा रोजगार मेला सम्पन्न

images
images

काठमाडौँ । भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासंग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला सम्पन्न गरेको छ ।

कलेज परिसर बौद्धमा आज आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दा बढी युवाहरुको सहभागिता रह्यो रहेको थियो । मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत विवरणहरु संकलन गरि आफुलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको बताएका छन् ।

images
images

साथै कार्यक्रमको उद्घाटन कलेज संचालन समितिका अध्यक्ष भिमानन्द ढुंगानाले गर्नुभएको थियो भने, एकदिने मेलामा सुचना प्रविधि, बैकं तथा वित्तीय संस्था, फुड एण्ड बेभरेज, तयारि पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरुको सहभागी रहेको थियो ।

कलेजका प्राचार्य केशब जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलाइ हौस्याएको बताउनुभयो । “६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भएर सहभागी कम्पनीका प्रतिनिधिहरुसंग आवेदन दिएका थिए । कम्पनीहरु पनि खुशी छन्,” जोशीले बताउनुभयो । कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामका खोजीमा रहेको युवाहरुलाइ रोजगारदाता कम्पनीहरुहरुसंग जोड्नु रहेको बताउंदै जोशीले मेलालाइ कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने बताउनुभयो ।

त्यस्तै, मेलाका संयोजक अनुप आचार्यले मेला सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुवैलाई फलदायी भएको बताउनुभयो । “सहभागी कम्पनीहरुल आफुलाई चाहिने जनशक्ति छनौटको प्रक्रिया शुरु गर्न पाए भने भर्खरै कलेज सकाएका बिद्यार्थी र कामको खोजीमा रहेका युवाहरुले कर्पोरेट क्षेत्रमा काम कसरि हुन्छ नजिकबाट बुझ्न पाए,” आचार्यले बताउनुभयो ।

फुड स्टल, फेस पेन्टिंग, फोटो बुथ र बिभिन्न मनोरन्जात्मक गतिविधिहरु मेलाका अन्य आकर्षण थिए । अरुणिमा कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस र बिसीए कार्यक्रम संचालन गरिरेको छ ।