images
images
images
images
images

चावहिलको गणेस्थानमा करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक र श्री भैरवनाथ जात्रा

images
images

काठमाडौँ,कात्तिक २४ । करिब साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक र भैरवनाथको जात्रा भइरहेको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराउने प्राचीन कालदेखी परम्परा रहिँ आएको छ । पशुपतिनाथको दर्शन गराएपछि त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकहरुमा रथलाई घुमाइने गरिन्छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

images
images

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा शुक्रबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिने जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिनुभयो ।

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई जात्राको दोस्रो दिन बुधबार मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई बुधबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो ।

करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि चार दिनसम्म चावहिल क्षेत्रमा धुमधामसाथ मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको विश्वास गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ । जात्राको पहिलो दिन धुनि जात्रा, दोस्रो दिन मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो भने, आज तेस्रो दिन पशुपतिनाथको दर्रशन गराइएको हो भने, भोली चौथो दिन अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ ।