काठमाडौं । निर्वाचन नजिकिए सँगै काठमाडौं क्षेत्र नम्बर -३ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवारका रूपमा रहेका छन् महेश्वर फुयाँल । निर्वाचनको नजिकिए सँगै घरदैलोमा व्यस्त महेश्वरलाई मतदाताको पनि राम्रै साथ सहयोग पुर्याइरहेको देखिन्छ ।
उनले राजनितीमा ल्याउने परिवर्तन र परिस्थितिको सामजेस्यताले नै माओवादी केन्द्रलाई अघि बढ्न सहयोग पुर्याएको छ । फुयाल पार्टीगत हिसावले भन्दापनि व्यक्तिगत हिसावले बलियो रहेको अनुमान लगाइन्छ ।
निर्वाचनमा जनताको मतले नै उम्मेदवारहरूको अस्तित्व पहिचान गर्ने हुदाँ उम्मेदवारहरू मतदाता समक्ष नतमस्तक छन् । दिनभर जसो जनताको घरदैलोमा रहेका उम्मेदवारहरू कार्यकर्ताको साथमा आफ्नो जितको फेहरिस्त पहिचान गरिरहेको देखिन्छ ।
पहिलोपटक आम निर्वाचनमा आफ्नो उम्मेदवारी दिदैँ गर्दा जस्तोसुकै परिस्थितिको चुनौती र प्रतिस्पर्धामा होमिएका फुयाँल गठबन्धनको माओवादीका उम्मेदवार हुन् ।
काठमाडौं क्षेत्र नं -३ ‘२’ मा कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ र गोकर्णेश्वर नगपालिकाका १, २, ३, ४, ६, ७, ८, ९ वडाका मतदाताहरूमा भर पर्ने कुरा हो उनिहरूको जित या हार । गठबन्धनका उम्मेदवार, विपक्षी उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार गरि १९ जनाको प्रतिस्पर्धा रहेको उक्त क्षेत्रको अवस्था यसै छ भन्ने आँकलन गर्न सकिदैँन ।
परिस्थितिगत हिसावले मतदाताहरू पार्टीलाई भोट भन्दा पनि उम्मेदवार हेरेर निर्वाचनमा मतदान गर्ने पक्षमा उत्रिएका छन् । उम्मेदवारको हिसाबले पनि महेश फुयाँलको उम्मेदवारीले जनतामा केही नयाँ र अवसरको खड्को टार्ने देखिन्छ ।
२०७४ सालको आम निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट जित हासिल गराउँन र रामेश्वर फुयाँललाई जिताउँनका लागि मुख्य भुमिका खेलेका महेश्वर फुयाँल यतिबेला प्रतिस्पर्धीका रूपमा माओवादी केन्द्रबाट प्रतिस्पर्धीका रुपमा उत्रिएका छन् ।