काठमाडौं । जयवागेश्वरी युवा क्लवमा नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको ५औँ साधारणसभा तथा ७औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कामपा-८ का वडाअध्यक्ष आशामान संगतले,’नयाँ नेतृत्वका पदाधिकारीहरूलाई बदाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्लबका जुनसुकै गतिविधिहरूमा आफ्नो र कामपा-८ को साथ सहयोग र समर्थन रहने बताउनुभयो ।’
त्यस्तै, कार्यक्रममा बोल्दै जयवागेश्वरी युवा क्लब पूर्व अध्यक्ष दिलीप वैद्यले,’नेतृत्व तहमा युवा पुस्ताको आवश्यकता महशुस गर्दै क्लबलाई नयाँ नेतृत्व प्रदान गरेको बताउनुभयो, उहाँले आफ्नो तर्फबाट सधैं जयवागेश्वरी युवा क्लवलाई साथ सहयोग पुर्याउने बताउदैँ नवनिर्वाचित कार्यसमितिहरूलाई बदाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।’
त्यस्तै, क्लबका नव-निर्वाचन अध्यक्ष रजिश श्रेष्ठले आफ्नो कार्यभार सम्हाल्दै आगामी दिनमा क्लबका विभिन्न गतिविधिहरूलाई प्रभावकारी रूपमा आगाडी बढाउने र नयाँ कार्यसमितिहरूलाई विभिन्न विभागको जिम्मेवारी प्रदान गर्ने बताउनुभयो । उहाँले आफुलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गराएकोमा पूर्व कार्य समितिका सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा सभापतिका रूपमा जयवागेश्वरी युवा क्लवका पूर्व अध्यक्ष दिलिप वैद्य, प्रमुख अतिथिका रूपमा कामपा-८ का वडाअध्यक्ष आशामान संगत, अतिथिका रूपमा सन्ध्या पुस्तकालयका अध्यक्ष शिव कुमार संगत, टोल सुधार समितिका अध्यक्ष छत्रानन्द वैद्य रहनु भएको थियो,त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरू एवम् नवनिर्वाचित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
५औँ साधारणसभा तथा ७औँ अधिवेशनबाट नयाँ कार्यसमितिमा २१ जना सदस्यहरू निर्वाचन भएका छन् । जसमा अध्यक्षमा रजिश श्रेष्ठ, उपाध्यक्षमा दिपक महर्जन, जेविन श्रेष्ठ, समर्पण दवाडी, संन्देश श्रेष्ठ, रहनु भएको छ भने, सचिवमा सौरभ डंगोल, सह-सचिवमा आशुतोष वैद्य, कोषाध्यक्षमा शिवानी दर्शना, सह-कोषाध्यक्षमा सृजन वैद्य र सदस्यहरूमा नारायण चौलागाईं, ज्ञानेन्द्र क्षेत्री, अभिनव बडाल, समा वैद्य, प्रिथु काफ्ले, सुजन तिमल्सिना, प्रतीक डंगोल, आयुषा तण्डुलकर सर्वसम्मत रूपमा चयन हुनुभएको हो ।
जयवागेश्वरी युवा क्लब २०६४ सालमा स्थापना भई हालसम्म विभिन्न जात्रा पर्व तथा सामाजिक कार्यहरूमा अग्रणी भुमिकामा रहेर काम गर्दै आइरहेको क्लब हो ।