काठमाडौंर । जयवागेश्वरीमा हुँदै आइरहेको नवदुर्गा जात्रा सम्पन्न भएको छ । भाषा वंशावलीमा नेपाल संवत् ६३३ मा राजा रणजीत मल्लको पालामा शुरूवात भएको नवदुर्गा सहित १३ देवगण सहभागी हुने नाच प्रत्येक वर्ष मंसिर शुक्लनवमीमा पाशुपत क्षेत्रमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरि फर्कने प्रचलन रहिआएको छ ।
नवदुर्गा भैरव गणेश लगायतका देवी देवताको मूर्ति सहित नवदुर्गाका देवगणहरू भक्तपुर दरबार क्षेत्रबाट पैदल हिडेर पाशुपत क्षेत्रमा आउने गर्दछन् । पैदल आउने क्रममा पुलबाट समेत नहिडि नदीमा पैतालाले छोएर तर्नु पर्ने नियम रहिआएको र भक्तपुरबाट पैदल ठिमी, सिनामंगल हुदैँ पाशुपत क्षेत्रबाट जयवागेश्वरी, घ्याम्पेपाटी तथा नवदुर्गा चोकमा सुँगुरको बलि सहित पुजा गरि नचाइने प्रचलन रहिआएको छ । २ सय वर्षभन्दा पुरानो नवदुर्गा नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूलमन्दिर परिसरमा समेत परिक्रमा गराउने प्रचलन रहिँ आएको छ ।
नाच देखाउने क्रममा नवदुर्गाको देवगणहरू नवमी र दशमी गरि दुईरात जयवागेश्वरी स्थित नवदुर्गा डबली अघिको देउता घरमा बस्ने प्रचलन रहिँ आएको छ । जात्राका क्रममा देवगणलाई पुजा, भोज, खाने, बस्ने तथा आगोताप्ने लगायतको व्यवस्थापन जयवागेश्वरी युवा क्लबले गर्दैँ आइरहेको र यश वर्षपनि सम्पूर्ण व्यवस्थापन जयवागेश्वरी युवा क्लबले गरेको अध्यक्ष रजिश श्रेष्ठले जानकारी दिनुभयो । यो भन्दा अघिल्लो वर्ष १२ वर्षे हरिसिद्धि जात्रा भएकाले नवदुर्गा जात्रा जयवागेश्वरीमा भएको थिएन ।