images
images
images
images
images

किसुनजी प्रतिष्ठानले प्रजातन्त्र दिवसको अवसरमा विचार गोष्ठी एवम् सम्मान कार्यक्रम गर्दै

images
images

काठमाडौँ । ‘निष्ठाको राजनिती, हाम्रो प्रतिवद्धता’ मुल नारासहित स्व.कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले प्रजातन्त्र दीवसको अवसरमा विचार गोष्ठी एवम् सम्मान कार्यक्रम आयोजना गर्ने भएकाे छ ।

यसै अवसरमा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा वक्ताहरूको रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्कृत विद् डा.जगमान गुरूङ, पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा राजदूत दीप कुमार उपाध्याय, पूर्व मन्त्री एवम् लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डारी एवम् वरिष्ठ पत्रकार युवराज घिमिरे रहनु हुने छ ।

images
images

कार्यक्रममा छाया देवी पराजुली, जिउँदो सहिदका रूपमा मुकेश कायस्थ, सहिद भिम बहादुर तामाङलाई सम्मान गरिने कार्यक्रम आयोजक संस्थाले जनाएको छ । कार्यक्रम राष्ट्रिय सभा गृहमा फागुन ७ गते बिहान १०:३० बजेबाट कार्यक्रमको सुरूवात हुन गइरहेको छ ।

स्व.कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले विभिन्न कोणबाट सामाजिक एवं राजनीतिक कार्यहरू गर्दै आइरहेको छ ।