कैलाशकुट बहुमुखी क्याम्पसको शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

काठमाडौँ । कैलाशकुट बहुमुखी क्याम्पसको नयाँ वर्षको शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा “फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्राङ्गण मित्रपार्कमा आयोजित एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा-८ का वडाअध्यक्ष आशामान संगतले नयाँ वर्षको शुभकामना दिनुहुँदै निजी विद्यालयको तुलनामा सामुदायीक विद्यालयहरूमा पनि शैक्षिक क्षेत्रमा कुनै कमी नरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू भविष्यको कणार्धार भएकाले आफ्नो भविष्यलाई कसरी अगाडि बढाउने भन्ने कुरामा केन्द्रीत रहन समेत आग्रह गर्नुभयो । त्यस्तै, क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष एवम् कैलाशकुट बहुमुखी क्याम्पसका अध्यक्ष श्याम बहादुर श्रेष्ठले नयाँ वर्षको शुभकामना दिनुहुदैँ आगामी दिनमा कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

त्यस्तै, कैलाशकुट बहुमुखी क्याम्पसका स्ववियु सभापति मुरारी गौतम (सुवर्ण)ले, कलेजमा सुधार गर्नुपर्न धेरै पक्षहरू रहेकाले यसलाई निरन्तर रूपमा अगाडि बढाइने र विद्यार्थीहरूले आफ्नो ध्यान परीक्षामुखी नभएर जीवनमा लागू हुने गरि अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, कार्यक्रमका सभापति एवम् कैलाशकुट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायण पौडेलले विद्यार्थीहरूको हक हितका पक्षमा कलेज सधैं अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रमका सभापतिका रूपमा क्याम्पस प्रमुख नारायण पौडेल रहनुभएको थियोे भने, प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका वडा-८ का वडाअध्यक्ष आशामान संगत रहनुभएको थियो । त्यस्तै, विशिष्ट अतिथिका कैलाशकुट बहुमुखी क्याम्पसका अध्यक्ष श्याम बहादुर श्रेष्ठ, विशेष अतिथिका रूपमा कैलाशकुट बहुमुखी क्याम्पसका स्ववियु सभापति मुरारी (सुवर्ण) गौतम, पूर्व क्याम्पस प्रमुख डा. शोभा ढुङ्गाना तथा अतिथिका रूपमा क्याम्पसका शिक्षक शिक्षिका रहनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो भने, खेलकुद प्रतियोगितागिता मा विजयि खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कक्षा (१२ का विद्यार्थी सुजन तिमल्सिनाले राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन किरण बराल र निरूता ज्ञवालीले सञ्चालन गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *