images
images
images
images
images

नन्दी माद्यामिक विद्यालयमा स्काउट ट्रुपलाई दीक्षान्त प्रदान

images
images

काठमाडौँ । नन्दी माद्यामिक विद्यालय, नक्सालमा स्काउट ट्रुपलाई दीक्षान्त प्रदान गरिएको छ।  स्काउटका बागमती प्रदेश प्रमुख शिवराम अर्याल र राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे ले संयुक्त रूपमा प्रशिक्षित स्काउटहरुलाई दीक्षित गर्नुभएको थियो । नन्दी माद्यमिक बिद्यालयका १८ जना गर्ल्स स्काउट र १४ जना बोइज स्काउटहरुलाई एक समारोह बीच दीक्षान्त प्रदान गरिएको थियो ।

नन्दी मा बि को सभाकक्षमा आयोजित समारोहका प्रमुख अतिथि बागमती प्रदेशका  स्काउट प्रमुख शिवराम अर्यालले स्काउटले ब्यक्तिलाई ब्याबहारिक जीवनमा आइपर्ने समस्याहरुलाई कुशलता पूर्वक समाधान गर्ने सीप सिकाउने र बिश्व नागरिक बन्ने वातावरण प्रदान गर्ने बताउनुभयो ।

images
images

उहाँले काठमाडौ महानगरले आफ्नो मातहतका  प्रत्येक सामूदायिक बिद्यालयका विद्यार्थीलाई स्काउट प्रति आकर्षित गर्ने उद्देश्यले योजनाबद्ध ढंगबाट  विशेष  कार्यक्रम लागू गरेकोमा खुशी व्यक्त गर्दै अन्य स्थानीय सरकारले पनि छिट्टै नैं स्काउट प्रवर्द्धनका कार्यक्रम  सुरु  गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

स्काउटका राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसेले स्काउटको ऐतिहासिकता बारे ब्याख्या गर्दै स्काउटले समाज प्रेम र राष्ट्र प्रेमको भाव जगाउँदै अघि बढेका कारण बिश्व भरि नैं यसको ठूलो प्रतिष्ठा रहेकोे बताउनुभयो । अतिथिको स्वागत गर्दै प्र अ गीता काफ्लेले नन्दी मा बि ले विद्यार्थीको ब्यक्तिगत क्षमता पहिचान गरी उनीहरूको सर्बतोमुखी बिकासका लागि काठमाडौ महानगर पालिका लगायत विभिन्न संघ संस्थाको सहकार्यमा विद्यार्थी केन्द्रित सीप सिकाइका कार्यक्रमहरु संचालन गरिएको उल्लेख गर्नुभयो ।

सो दीक्षान्त समारोहका अर्का वक्ता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव घिमिरेले नन्दी मा बि काठमाडौ महानगरपालिका वडा नं १ को नमूना बिद्यालय भएकोले यसलाई हर प्रकारले आधुनिक र सुबिधा सम्पन्न बिद्यालय बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रित रहने दावी गर्नुभयो ।

सो समारोहमा स्काउट मास्टर प्रभा खनाल, सबिन खनाल ,शान्ता घिमिरे ,रजनी आचार्य र मिङसो लामालाई सम्मान गरिएको थियो ।  सो दीक्षान्त समारोहमा स्काउटको प्रचलन अनुसारको  “सर्व–धर्म –प्रार्थना –सभा“को पनि आयोजना गरिएको थियो ।