images
images
images
images
images

टोपबहादुर रायमाझीलाई लुकाउने को हुन नारायण पौडेल ?

images
images

काठमाडौँ ।  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको १२ दिनपछि आईतबार साँझ बुढानिलकण्ठस्थित पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ परेका छन् ।

नेकपा एमालेका पूर्व सचिव समेत रहेका एमाले सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपित हुन् । उनी विरूद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले १२ दिनदेखि खोजी गरिरहेको थियो । तर, भागिरहेका रायमाझी काठमाडौँको बूढानीलकण्ठमा रहेको नारायण पौडेलको घरबाट पक्राउ परे ।

images
images

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा  रायमाझीलाई प्रहरीले काठमाडौँ आएको थाहा पाए लगत्तै पौडेलको घरबाट पक्राउ गरेको हो  ।

प्रहरीको टोलीले रायमाझीलाई आइतबार राति बूढानीलकण्ठको पासिकोटस्थित रहेको नारायणप्रसाद पौडेल (साथी नाता पर्ने) को घरबाट साँझ करिब ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पछि प्रहरीले उठाएको मुचुल्कामा भनिएको छ, बुढानिलकण्ठस्थित नारायण पौडेलको घरबाट फरार सांसद  टोपबहादुर रायमाझीलाई पक्राउ गरिएको हो । शरणार्थी प्रकरणमा रायमाझी १२ दिनदेखि फरार रहेका थिए ।

को हुन् नारायण पौडेल ? 

टोपबहादुर रायमाझीको पुरानो मित्रका रूपमा परिचित पौडेल काठमाडौँको बुढानिलकण्ठमा बस्दै आएका छन् । पौडेल अर्घाखाँचीकै रायमाझीको छिमेकी पनि हुन् । पौडेललाई टोपबहादुरले विभिन्न राजनीतिक नियुक्ति पनि दिलाएको खुलेको छ । टोपबहादुरले पौडेललाई विभिन्न संघ संस्थाको विभिन्न पदमा समेत आफ्नो पावरमा राखेका थिए ।

उनलाई रायमाझीले राष्ट्रिय खेलकुद परिषद्को सदस्य, ग्रामीण खानेपानी फण्ड बोर्डको सदस्य लगायत नगर विकास परिषद्मा नियुक्ति सहित विभिन्न व्यवसायमा समेत संलग्नता गराएका थिए ।

पौडेल सामुदायिक क्याम्पसका रूपमा रहेको कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुख समेत हुन् । उनी २०६४ सालदेखि  सोही क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । यो लगायत उनको विभिन्न शैक्षिक, राजनिती तथा पर्यटन व्यवसाय सँगै होटल तथा समाजका विभिन्न संघसंस्थाको नेतृत्व गर्दै आएको समेत खुलेको छ ।

पौडेल नेपाल पब्लिक क्याम्पस महासंघको उपमहासचिव, ग्रामीण खानेपानी फण्ड बोर्डको सदस्य, काठमाडौं महानगरपालिकाको प्राइभेट–पब्लिक पार्टनरशिपको बोर्ड सदस्य, साना तथा मझौला उद्योग व्यवसायी महासंघको उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्को सदस्य, दिगो पर्यटन सहकारीको बोर्ड सदस्यलगायत ३ दर्जनभन्दा बढी संघसंस्थामा सक्रिय रहेका थिए ।

यो लगायत पौडेलको संलग्नता विभिन्न संघ संस्थामा रहेको छ ।  यो सँगै उनको संलग्नता च्वाइस होटल प्रालिको डाइरेक्टर र रामेश्वरम होटलका सञ्चालकको रूपमा समेत रहेको छ । पोखराबाट आइतबार नै काठमाडौँ आएको बताइने रायमाझीलाई बुढानिलकण्ठ स्थित पौडेल निवास पुगे लगत्तै प्रहरीले पक्राउ गरेको बताइएको छ ।