images
images
images
images
images

गायक रवि ओड र शान्ति श्री परियारको स्वरमा ‘ढिँडो मलाई देउ’ गीत सार्वजनिक

images
images

काठमाडौँ । गायक रवि ओड र शान्ति श्री परियारको स्वरमा ‘ढिँडो मलाई देउ’ गीत सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमको बिच कलाकारहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । भिडियोमा मुख्य कलाकारमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का रहेका छन् ।

प्रमोद कुमार भण्डारीको निर्देशनमा तयार पारिएको गीतमा प्रकाश सापकोटाको शव्द रहेको छ भने, संगित सन्तोष श्रेष्ठको रहेको छ । जसमा संगित संयोजन कमल सौरजले गर्नु भएको छ भने, इडिटिङ मीन रावलले गर्नु भएको छ । गीतको छायांकन चितवनमा गरिएको थियो भने जसमा दृष्य संयोजक गोपाल रायले गर्नुभएको हो ।

images
images

कार्यक्रममा गित बारे संक्षिप्त प्रतिक्रिया राख्दै गीतका लेखक प्रकाश सापकोटाले,’गीत संगितलाई समय सापेक्षित रूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ‘ढिँडो मलाई देउ’ सार्वजनिक गरिएको बताउनुभयो ।

त्यस्तै हामीले अहिले खानाहरूमा भातको भन्दा ढिँडोको माग पढेको पाइरहेको छौँ । हामी अहिले खानामा भात भन्दा ढिँडो रूचाउने भएकोले पनि समयसापेक्ष रूपमा गीत सार्वजनिक गरिएको सापकोटाले बताउनुभयो ।