काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर -४ क्षेत्रीय कार्यसमितिद्वारा आयोजित वार्षिक क्षेत्रीय प्रतिनिधि भेला सम्पन्न भएको छ । शनिवार काठमाडौंमा आर. बि होममा आयोजित एक कार्यक्रमका बिच वार्षिक क्षेत्रीय प्रतिनिधि भेला सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर -४ क्षेत्रीय कार्यसमितिका सहसचिव जया भण्डारीले राख्नुभएको थियो । काठमाडौँ क्षेत्र नम्बर -४ का सांसद एवं महामन्त्री गगन कुमार थापाले, ‘समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताउनुभयो ।’ उहाँले, “गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने, गठबन्धन फेर्ने कुरा नौलो नभएको बताउनुयो ।”
त्यस्तै कार्यक्रमका सभापति श्याम कृष्ण संगतले, माथिल्लो तहले गरेको पहल कदमीहरूलाइ आत्मसात गर्दै नेपाली कांग्रेसका तल्लो तहहरू अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै दुई सत्रका आयोजित कार्यक्रमको पहिलो सत्रको सभापतित्व काठमाडौं क्षेत्र -४ का सभापति श्याम कृष्ण संगतले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा काठमाडौं क्षेत्र नम्बर -४ का सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा अतिथिका रूपमा नेपाली कांग्रेस क्षेत्र नम्बर -४ का केन्द्रीय सदस्य राधा घले, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँ, पूर्व सांसद दिव्यमणि राज भण्डारी, काठमाडौं जिल्ला सचिव इन्द्र बहादुर थापा, प्रदेश सांसदहरू श्री राम भण्डारी, मिना पराजुली, याङ्गकीला शेर्पा तथा पूर्व सांसद सहित नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
दुईवटा सत्रमा आयोजित कार्यक्रमको दोस्रो सत्रमा विभिन्न प्रतिवेदन पारित सहित आगामी दिनका कार्य योजनाहरू प्रस्तुत गरिएको थियो । तस्विर : दिलिप वैद्य