images
images
images
images
images

हल्ट प्राइजको तेस्रो संस्करणका लागि पद्मकन्या क्याम्पसमा अभिमुखिकरण सम्पन्न

images
images

काठमाडौँ । हल्ट प्राइजको अन क्याम्पस प्रतिस्पर्धीहरू छनोटको लागि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सभाकक्षमा आयोजित अभिमुखिकरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच सय बढि विद्यार्थीहरूको सहभागीता रहेको थियो । जसमा भर्चुअल तथा प्रत्यक्ष रूपमा सहभागीहरूलाई अभिमुखिकरण गरिएको थियो ।

तीन दिनसम्म विभिन्न विधा अन्तरगत चलेको अभिमुखिकरण कार्यक्रममा विभिन्न अतिथिहरूको सहभागीता रहेको थियो । जसमा हल्ट प्राइजमा नेपालका कन्ट्री संयोजक सुवि काफ्ले, उपदेश संयोजक किशोर पनेरु स्टार्टअप संयोजक स्वप्निल विष्ट, इभेन्ट संयोजक प्रकाश काफ्ले र हल्ट प्राइजमा मध्य तथा दक्षिण एसिया क्षेत्रीय प्रबन्धक सुप्रिया जाङ्ग्रे रहनुभएको थियो । अभिमुखिकरणमा विद्यार्थीको भविष्य, उनिहरूको सोझ, बुझाइको क्षमता, उनिहरूको चासो लगायतका विषयबस्तु केन्द्रीत विषयवस्तुमा समावेश भई अभिमुखिकरण गरिएको थियो ।

images
images

विश्वभर हाल हल्ट प्राइजको १५औँ संस्करण चलिरहेको र नेपालको पद्मकन्या बहुमुखी क्याम्पसमा हुन लागेको यो तेस्रो संस्करण भएको अनक्याम्पस हल्टप्राइज प्रतियोगिता क्याम्पस निर्देशक सृष्टि थापा मगरले जानकारी दिनुभयो । उहाँले यसले विशेषगरी युवा पुस्तामा नेतृत्व विकास सहित अन्तराष्ट्रिय मञ्चमा ‘सामाजिक उद्यम मार्फत संसार परिवर्तन गर्ने’ मुल नारालाई आत्मसात गरेको थापाले बताउनुभयो ।

हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ । कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन् । प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ ।