images
images
images
images
images

२६औँ राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता सम्पन्र, महिला ५० मिटर व्रेष्ट स्ट्रोकमा अदिप्सालाई स्वर्ण

images
images

काठमाडौँ । २६औँ राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता सम्पन्र भएकाे छ । जसमा स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाईनलमा अजलले २५ दशमलव ९२ सेकेन्ड समयका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङ्गले रजत र इरभिन श्रेष्ठले कास्य हात पारे ।

images
images

सातदोवाटोस्थित बातानुकुलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२ दशमलव ९० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कास्य पाईन् । पुरुषको १०० मिटर बटरफ्लाईमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ०० दशमलव ५३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कास्य पाए ।

अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा, सैयद हम्जा शाहले छोटो दुरी २५ मिटर पुलमा नेपालमा आयोजना भएको १३औं सागमा कायम गरेको २६ दशमलव ५६ सेकेन्डको समयलाई विस्थापित गर्दै २५ दशमलव ७७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेका हुन् ।

महिला ५० मिटर व्रेष्ट स्ट्रोकमा इस्लिङ्गटन कलेजमा अध्ययरत अदिप्सा बैद्यले ३६ दशमलव ५१ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । यस्तै सियारा सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पाईन् । पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५ दशमलव ०५ सेकेन्ड समयका साथ दुरी पुरा गर्दै स्वणर् जिते ।

इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए । महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८ दशमलव १२ सेकेन्ड समयका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कास्य पाए । महिला १०० मिटर ब्रेष्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २० दशमलव १४ सेकेन्ड समयका साथ स्वर्ण पाईन् ।

निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कास्य पाए । पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९ दशमलव ५८ सेकेन्ड समयका साथ स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कास्य पाए । ५० मिटर फ्रिस्टायलको महिला तर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९ दशमलव ४५ सेकेन्ड समयका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कास्य पाए । ५१ पदकका लागि १४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिएकाे थियाे ।

पुरस्कार वितरणका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, बाग्मती प्रदेशका खेलकुद विकास परिसद्का सदस्य सचिव सूर्यनाथ भण्डारी, नेपाल पौडी संघमका पदाधिकारी लगायत खेलकुद परिसद्का विभिन्न तहका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।