काठमाडौँ । लुम्बिनी एकेडेमीक कलेजले “मेरो आँगन, मेरो जिम्मेवारी “लुम्बिनी एकेडेमी टोल सरसफाई अभियान अन्तरगत बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
लुम्बिनी एकेडेमीक कलेजले काठमाडौँ महानगरपालिका वडा ७ क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरात्तात्विक तथा सार्वजनिक स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रमको शुरूवात लुम्बिनी एकेडेमीक सेकेन्डरी स्कुलका अध्यक्ष लोकेश ढकाल एवं कामपा ७ का वडाअध्यक्ष विकल कुमार होडाले गमलामा पानि हालेर शुभारम्भ गर्नु भएको थियो ।
हरेक १५-१५ दिनमा उक्त अभियान अन्तर्गत सम्पदा क्षेत्रहरूको सरसफाइ तथा पुरातात्त्विक स्थालहरूमा सरसफाइ गर्ने लुम्बिनी एकेडेमीक फाउण्डेसनका प्रबन्ध निर्देशक रबिन चन्द्र कोइरालाले जानकारी दिनुभयो ।
उहाँले सम्पदा क्षेत्रको सरसफाइ तथा विद्यार्थीहरूमा जनचेतना जगाउन उक्त अभियान सञ्चालन गरिएको कोइरालाले बताउनुभयो ।
लुम्बिनी एकेडेमीक कलेजले सामाजिक सांस्कृतिक तथा परम्परागत शिक्षालाई अगाडि बढाउदै गुणस्तरीय शिक्षा हासिल गर्दै आईरहेको छ ।