काठमाडौँ । शुभ अधिकारी ट्राभल्सले काठमाडौँबाट पोखरा लेक साइडसम्मको सर्व शुलभ बस सेवा शुरूवात गरेको छ । ट्राभल्सले आजबाट जोरपाटी बौद्धदेखि पोखरा लेकाइडसम्मको बसयात्रा शुरूवात गरेको हो ।
“हाल रात्रिकालिन रूपमा दुईवटा बस सञ्चालनमा ल्याएको ट्राभल्सले दिउँसोका रूपमा विभिन्न बसहरू सञ्चालन गर्दै आइरहेको छ । काठमाडौँबाट साँझ ७ बजे बस छुट्ने र गन्तव्यमा यात्रुलाई सहज रूपमा विभिन्न सेवा सहित पुर्याउने,” ट्राभल्स सञ्चालक टीकाराम अधिकारीले बताउनुभयो ।
उहाँले, ‘लक्जरियस बस सेवा, आरामदायी सोफा, खाजाको सुविधा सहित बसमा ब्लाङ्केट तथा एसी सहित चाजगर्ने ब्यवस्था समेत रहेको बताउनुभयो । ‘
त्यस्तै, ४० जना यात्रु सवार बसमा भाडा दर १२ सय रूपैयाँ कायम गरिएको उहाँले बताउनुभयो । बसले दैनिक रूपमा रात्रिकालिन सेवा प्रदान गर्ने र आरामदायी रूपमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्याउने लक्ष्य रहेको सञ्चालन अधिकारीले बताउनुभयो ।
हाल दिउँसोको रूट तथा रात्रिकालिन सेवा सञ्चालनमा रहेको र आगामी दिनमा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै थप बसहरू थप्नुका साथै सेवा सुविधालाई बढावा गर्ने बताइएको छ ।
त्यस्तै उक्त बस मार्फत सेवा उपभोग गर्न चाहाने यात्रुले ०१४९१३८८८ र ९८२५१४०५८४ नम्बरमा सम्पन्न गर्नपनि कम्पनीले जनाएको छ । त्यस्तै, पोखराबाट काठमाडौँ आउन चाहने यात्रुहरूले ०६१५४३६४९ र ९८५६०१६९३३ नम्बरमा सम्पन्न गर्न कम्पनीले आग्रह गरेको छ ।