images
images
images
images
images

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न

images
images

काठमाडौँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा आयोजित समारोहको प्रमुख अतिथिका रूपमा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ रहनुभएकाे थियाे ।

अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत  प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई दीक्षित गरेको हो ।

images
images

आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकी एकेडेमिक निर्देशक प्रबिना थापाले बताउनुभयो । जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी रहेका थिए भने एनइबीका ५० विद्यार्थीहरू समावेश रहेका थिए ।

‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु’ प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले बताउनुभयाे । उहाँले ‘अन्तराष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृति अनुरूप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको बताउनुभयाे ।’

निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै, ‘कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएका छन् । यसले विद्यार्थीको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।’ निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि बताउनुभयो ।

‘आईबी शिक्षा संसारका घुम्ने पासपोर्ट मात्र होइन, स्वदेश फर्किएर मातृभुमीका निम्ती सेवा गर्ने ‘रिटर्न टिकट’ पनि हो । साथै विश्वव्यापी अवसर र अनुभवहरूका लागि ढोका खोल्ने माध्यम पनि हो । यसले नेपालको विकासमा अर्थपूर्ण योगदान गर्ने त छँदैछ, विद्यार्थीलाई आवश्यक सीप, ज्ञान र दृष्टिकोण प्रदान गरेर सुसज्जित नागरिकको परिचय दिलाउँछ ।’

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले बताउनुभयाे ।

यसै गरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले, ‘उच्च शिक्षाको लागि विद्यार्थी विदेश गए पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताउनुभयो । ‘उच्च शिक्षाको क्रममा अहिलेको एक्काइसौँ शताब्दीको शिक्षा र सीप सिकेर मुलुकमा त्यसको उपयोग गर्न सम्पुर्ण विद्यार्थीलाई मेरो आग्रह छ, प्रबन्ध निर्देशक थापाले बताउनुभयाे । ‘विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै प्रिमियरबाट दीक्षित हुने विद्यार्थीहरूले उच्च शिक्षा पश्चात देशको कायापलट हुने गरि आफुले जानेको ज्ञान र सिप बाँड्न सुझाव दिन चाहान्छु ।’

दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले, ‘देश साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ, आगामि दिनमा तपाईंहरु अझ सक्रिय भएर अगाडि बढे सफलता अभ्यस प्राप्त हुन्छ ।’

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो ।