काठमाडौँ । राई तथा लिम्बू समुदायको सांस्कृतिक गीत ‘सेवा झोर्ले’ सार्वजनिक भएको छ । पदम राई तथा संङ्गिता मर्स्याङ्गी मगरको स्वरमा रहेको गीतमा संगीत विजय मगरको रहेको छ ।
त्यस्तै, गीतमा शब्द विजय मगर तथा पदम साधना कुलुङको रहेको छ । गीतको निर्देशन समेत विजय मगरकै रहेको छ । गीतमा अभिनय पुनम थापा मगर, सुमिन गुरूङ, रेस्मा खार्जुुङ तथा योङसाङ मकारूङको रहेको छ ।
गीतका निर्देशन विजय मगर, ‘सांस्कृतिक वाद्यवादन, परम्परा र रितिस्थितिलाई समाजमा दर्शाउने हिसाबले गीत तयार गरिएको बताउनुभयो ।’
उहाँले आफ्नो जातजाति धर्म वर्ग र संस्कृतिलाई जीवन्त राख्ने प्रयास स्वरूप गीत सार्वजनिक गरिएको बताउनुभयो । उक्त गीतलाई सङ्गिता मर्स्यङ्दी मगर नामको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।