Category: कृषि

  • दोस्रो अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्न, शब्दास नेपाल च्याम्पियन अफ च्याम्पियन

    दोस्रो अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्न, शब्दास नेपाल च्याम्पियन अफ च्याम्पियन

    काठमाडौँ । एलरोज एजुकेसनको आयोजनामा दोस्रो अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न आठवटा तहका करिब १२५ जना भन्दा बढि विद्यार्थीहरूबिच प्रतियोगिता सम्पन्न भएको हो ।
    प्रतियोगितामा विभिन्न आठ  तहका विजेता विद्यार्थीहरू सहित च्याम्पियन अफ च्याम्पियनको टाइटल समाबेश रहेको थियो । जसमा पहिलो तहबाट सौगात श्रेष्ठ, दोस्रो तहबाट सुदया श्रेष्ठ, तेस्रो तहबाट अमुल अधिकारी, चौथो तहबाट नेहांङ्का घिमिरे, पाचौँ तहबाट भुगोल राज ढकाल, छैटौँ तहबाट आश्वि सिंह, सातौं तहबाट सबिम महर्जन र आठौं तहबाट शनाय पोदार विजेता हुनुभएको थियो । कार्यक्रमको मुख्य आकर्षकका रूपमा रहेको च्याम्पियन अफ च्याम्पियनको उपाधि पाँचौ तहका शब्दास नेपालले हात पारेका छन् । बिजेताहरूलाई कार्यक्रमका अतिथिहरूले प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गर्नुभएको  थियो  ।
    कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले, “आफ्नो भविष्य निर्माणका लागि बालबालिकामा गणितीय सुत्राधारमा आधारित ज्ञानको आवश्यक अत्याधिक रहेको बताउनुभयो ।” उहाँले, ‘अवाकसले बालबालिकाको क्षमता एवं सोचाइमा फरकपन ल्याउनुका साथै, खोज तथा अनुसन्धान तर्फ अग्रसर बनाउने बताउनुभयो ।’ बालबालिकाले अहिले आफ्नो भविष्य कस्तो बनाउने भन्ने परिपेक्षामा अवाकसको ज्ञान क्षमता र सक्षमताले वृद्धि विकास हुने न्यौपानेले बताउनुभयो ।
    त्यस्तै, निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँका अध्यक्ष एवं मनास्लु वल्र्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ धरातलले,” विद्यार्थीहरूले विद्यालयको शिक्षामात्र पढेर जीवनमा सफल हुन गाह्रो रहेकाले अवाकसको अध्ययनमा समेत अग्रसर हुनुपर्ने बताउनुभयो ।” उहाँले,’विद्यार्थीको चासो र रूचि अनुसार अभिभावकले विद्यार्थीहरूलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले, अवाकसका माध्यमबाट नयाँपन र नयाँ खोज तर्फ विद्यार्थीहरूलाई अगाडि बढाउनु पर्ने श्रेष्ठले बताउनुभयो ।
    त्यस्तै, अवाकस मेन्टल म्याथका संस्थापक सिइयो उपेन्द्र अधिकारीले,” बालबालिकाले अवाकस भित्र गहिरो सागर फेला पार्ने र त्यहाँबाट कति ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्न विद्यार्थीको क्षमतामा भर पर्ने उहाँले बताउनुभयो । उहाँले,अवाकस पछि मेन्टल म्याथलाईसमेत विद्यार्थीले अध्यायन अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    त्यस्तै, बुढानिलकण्ठ नगरपालिका वडा १२ का वडाअध्यक्ष शम्भु भट्टराईले,”स्थानीय तहका विद्यालयहरूमा पछिल्लो समय अवाकसको पढाई हुन थालेको र यसले उनिहरूमा फरक क्षमता अभिवृद्धि भइरहेकाे बताउनुभयो ।” उहाँले,’फरक क्षमता सँगसँगै विद्यार्थीहरूको फरक सोचाईले जीवनमा नयाँ आयाम हुने बताउनुभयो ।’
    त्यस्तै, एलरोज एजुकेसनका सिइओ विनय न्यौपानेले,”एलरोज एजुकेसनले विभिन्न विद्यालयहरूमा अवाकस प्रतियोगिता सम्पन्न गरेको र त्यसमा सयाैँ विद्यार्थीहरू सहभागी रहनुले अवाकसकाे महत्वलाइ उजागर गरेकाे बताउनुभयाे । उहाँले,’ यसैकाे फलस्वररूप नेसनल लेभलको अवाकस प्रतियोगिता सम्पन्न गरेको बताउनुभयो । उहाँले, दोस्रोपटक अवाकस प्रतियोगिता गरिरहदाँ विद्यार्थीहरूमा नयाँ जोश, जाँगर र क्षमता अभिवृद्धि भएको र आगामी बर्षहरूमा पनि यसलाई निरन्तरता दिने तयारी रहेकाे सिइओ न्यौपानेले बताउनुभयो ।
    त्यस्तै, प्रतियोगितामा आठौँ तहका ९ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको थियो । एलरोज एजसकेसन गणितीय सुत्राधारमा आधारित अवाकसको  पठनपाठनमा अग्रसर रहेको संस्था हो । यसले अघिल्लाे बर्ष करिव एक  सय  विद्यार्थीहरू माझ अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्र गरिसकेकाे छ ।
  • पेट्रोलियम पदार्थको घट्यो मूल्य

    पेट्रोलियम पदार्थको घट्यो मूल्य

    काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

    मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु छ र तेस्रो वर्गमा रु पाँचले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

    पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु एक सय ७५ थियो ।

    यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा रु एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

    निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

  • प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो..!

    प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो..!

    काठमाडौँ । नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

    नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो ।

    यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक माहोल खडा भयो । पद तथा गोपनीयताको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्रीले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर सहभागी हुने चर्चा आज बिहानदेखि चलेको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले नै सो विषयलाई बाहिर प्रचारमा ल्याएको थियो ।

    बिहानदेखिको चर्चालाई सही साबित गर्दै प्रधानमन्त्री दाहाल आज तेस्रोपटक पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभयो ।

    यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उहाँले दौरा सुरुवाल लगाउनुभएको थिएन । समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने अध्यक्ष दाहालले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाउनुभएको पोसाकको पनि राम्रै चर्चा परिचर्चा भएको छ ।

    नेपाल बहुसांस्कृतिक एवं बहुभाषिक विविधतासहितको देश हो । हरेक जातजातिका आ–आफ्नै वेशभूषा र पहिरन रहेको छ । त्यसले आ–आफ्नो विविधतासहितको परिचय दिएको छ ।

    प्रधानमन्त्री दाहालले पनि यसअघिका प्रधामनन्त्रीले जस्तै दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएर नयाँपनको सुरुआत गर्नुभएको छ ।

    यसअघि सामान्यतया सार्वजनिक समारोहमा दौरा सुरुवाल नलगाउनुभएका प्रधानमन्त्रीले यसपटक पोसाक प्रयोगमा पनि नयाँपन दिनुभएको छ । प्रधानमन्त्रीले मात्रै नभई उपप्रधानमन्त्रीत्रयले पनि पद तथा गोपनीयताको शपथ लिँदा सोही पोसाक लगाउनुभएको थियो ।

    दौरा सुरुवाल नेपाल र भारतको सिक्किम, दार्जिलिङ आदि क्षेत्रमा प्रख्यात र प्रचलित पोसाकका रूपमा रहेको छ । दौरा लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ । सदियौँदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोसाक । त्यसमाथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने प्रचलन छ ।

    विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेको देखिन्छ । कैयौँ मल्लकालीन मूर्तिमा पनि यो पोसाक देखिन्छ । ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधकद्रापी शब्द उल्लेख छ । यसलाई भाषाका जानकारहरूले ‘लबेदासरहको’ भन्ने अर्थमा व्याख्या गरेका छन् ।

    सोही द्रापीबाट दौरा भएको मानिन्छ । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँध्ने गरी व्यवस्था मिलाइएको हुन्छ । दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर त्यसलाई सिइएको हुन्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ ।

    हालै मात्र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दौरा सुरुवाल नै लगाउन भनिएको थियो ।

    काठमाडौँको जयबागेश्वरीमा दौरा सुरुवालको पसल चलाउँदै आउनुभएका केशव भट्टराई राज्यका तर्फबाट नै राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि थप अभियान चलाउनुपर्ने बताउनुहुन्छ ।

    उहाँका अनुसार चाडबाडको समय, दसैँ, तिहार र विवाह व्रतबन्धको समयमा बढी चासो र कारोबार हुने दौरा सुरुवालप्रति नेताहरूको लगाव बढ्दै जानुलाई सकारात्मकरूपमा नै लिनुपर्छ ।

    राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि नेपाली सबैको सार्थक पहल हुनुपर्ने भट्टराईको भनाइ छ । लगाउन सजिलो तथा जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिने भएकाले दौरा सुरुवालको आफ्नै महत्त्व र विशेषता छ ।

  • सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

    सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

    काठमाडौँ । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।”

    नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी सङ्कल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने सङ्कल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागेको उहाँको भनाइ छ । उहाँले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा अगाडि जटिलता र चुनौतीहरू छन् । जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्रीकरण भएको छ । त्यसकारण पनि काम गर्न मलाई सहज लागेको छ ।” उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, जनतामा सुशासनको प्रत्याभूति गराउने र सेवा प्रवाहमा केन्द्रीत हुने गरी पहिलो बैठकमा छलफल भएको बताउनुभयो ।

  • प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर पदबहाली

    प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर पदबहाली

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गर्नुभएको थियो ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसलगत्तै उहाँले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गर्नुभयोे ।

    त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उहाँले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभयो । त्यसलगत्तै उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको हो । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।