




काठमाडौँ । शिवरूद्र कर्माचार्यले आफुद्वारा निर्मित ‘लाख बत्ती दाहसंस्कार यन्त्र’ सार्वजनिकिकरण गर्नुभएको छ ।मंगलबार निजि निवासमा उहाँले आफुद्वारा निर्माण यन्त्रको प्रस्तुतिकरण गर्नुभएको हो ।
वातावरण मैत्री हावाको माध्यमबाट चल्ने यन्त्रको प्रस्तुतिकरणमा किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ७ का वडाअध्यक्ष विमल कुमार होडा, काठमाडौँ क्षेत्र ४ का सभापति श्याम कृष्ण संगत, कामपा ८ का स्थानीय दिलिप बैद्य लगायत स्थानीय ब्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सो मेसिन बारे जानकारी दिनुहुदैँ शिव रूद्र कर्माचार्यले, ” सुरूवातमा आफुले आगो सल्काउनु पर्ने र त्यसपछि आफैं आगो सल्कदै जाने बताउनुभयो ।”
उहाँले, तावरणमैत्री र हावाको डिरेक्सनअनुसार यसले काम गर्ने हुदाँ वातावरण प्रदुषणमा कमी आउनुका सधैं, धुवाँ रहित ग्यास गन्ध रहित मिसिन आफुले निर्माण गरेको उहाँले बताउनुभयो ।
त्यस्तै, मेसिनमा हावाको डिरेक्सनलाई कन्ट्रोल गर्न सकिने तथा आवश्यकता अनुरूप गति नियन्त्रण गर्न सकिने कर्माचार्यले बताउनुभयो । त्यस्तै, हाल नेपालमा रहेका विद्युतिय शवदाह गृहहरूभन्दा यो एकदमै उपयुक्त रहेको र खर्च धेरै नआउने, समयको बचत हुने, आफ्नो रितिरिवाज अनुरूप दाह संस्कार गर्न मिल्ने गरि आफुले यसको निर्माण गरेको बताउनुभयो ।
मेसिनले करिब ४५ मिनेट भित्र दाह संस्कार अर्थात जलाउने र यसले ६०० डिग्री टेक्प्रेचर उत्पादन गर्न सकिने बताउनुभयो । यस यन्त्रले शवलाई मात्र नभएर फोहोरमैला नष्ट गर्न पनि एकदमै उपयुक्त हुने कर्माचार्यले बताउनुभयो ।
हालको प्रदुषणयुक्त वतावरणमा यस मेसिनले उपयुक्त काम गर्ने उहाँको भनाई रहेको छ । त्यस्तै, उक्त कारखानाले यस खाले मेेसिनको परिक्षण समेत गरिसकेकोले यसले सफलता पाउने उहाँले बताउनुभयो । हाल आविष्कार केन्द्रले आफुहरू सँग १० वटाको माग गरेको र यही अनुसार आवश्यक उपकरणहरू जडान गरेर अगाडि बढ्ने कर्माचार्यले बताउनुभयो ।
त्यस्तो, स्थलगत परिक्षणमा आउनुभएका किर्तिपुर नगरपालिकाका मेयर कृष्ण मान डंगोलले, “वातावरण मैत्री प्रदुषण रहित र छोटो समयमा नै यसले आफ्नो गति अनुरूप आवश्यक बस्तुलाई आफ्नो नियन्त्रणमा लिएर नष्ट गर्ने हुदाँ यसले महत्त्वपूर्ण काम गर्नेमा आफुु ढुक्क रहेको बताउनुभयो ।”
उहाँले, फलाम र फ्यानबाट चल्ने हुदाँ बत्तीको मात्रा धेरै नलिने र वातावरणमैत्री रहेकोले यसको समुपयोग सहित नगरपालिकामा पनि यस्को सदुपयोग गर्न सकिन्छ कि भन्ने हेतुले निरिक्षणमा आएको बताउनुभयो ।
त्यस्तै, कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, “वातावरणमैत्री रूपमा यसको प्रयोग हालको शवदाह गृहमा पनि गर्न सकिने बताउनुभयो ।” उहाँले, बत्तीको मात्रा कम लाग्ने र थोरै समयमा नै नषणट गर्ने भएकाले यसको प्रभाकारिता अनुकुल प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।
त्यस्तै, सहभागीहरूले सार्वजनिक रूपमा यसको प्रयोग गर्न आवश्यक रहेको धारण ब्यक्त गर्नुभयो । फलामबाट फलामबाट निर्माण हुने हुदाँ यसको बजार मुल्य सम्त कम पर्ने आकलन गरिएको छ । सार्वजनिक स्थलमा यसको प्रयोग गरिनुले वातावरणमा प्रदुषण कम हुने र गन्ध रहित भएकाले यस्को प्रयोग अगाडि बढाउन आवश्यक रहेको छ । तस्विर : राजेश श्रेष्ठ
काठमाडौँ । श्री गुरू नित्यनाथ मिसा पुच: र चा:बही खल:को संयुक्त आयोजनामा ‘चा:बहि नख:’ हुने भएको छ । आगामी कात्तिक २४ गते शनिबार चारूमती बहाल परीसरमा ‘चा:बहि नख:’ सम्पन्न हुन लागेको हो ।
“नेवारी परम्परागत बाजाहरूको समिश्रण एवं ताल र बोलहरूमा गायिका निभा डंगोलले चा:बहि दवु सँग सामुहिक रूपमा प्रस्तुति दिन लागेको”, कार्यक्रम संयोजक रूपेश शाक्यले बताउनुभयो ।
परम्परागत रूपमा चल्दै आएको स्थानीय नेवारी भोजका साथै, सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने, युवा पुस्तामाझ नेवारी परम्परा झल्काउनु नै कार्यक्रमको उद्देश्य रहेको शाक्यले बताउनुभयो ।
“स्थानीय नेवारी भोजलाई विश्वमाझ पुर्याउने उद्देश्यले ‘नेवा: झ्व भ्वय् व सांगीतिक ज्या: झ्व ११४५’ थिममा रहेर नेवारी परम्परागत (भ्वय्) भोजलाई अगाडि बढाउनुका साथै परम्परागत बाजाहरूमा आधुनिक बाजाहरूको समीश्रण सहित धुन, ताल र बोलमा कार्यक्रममा प्रस्तुति रहने”, कार्यक्रम संयोजक चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
उहाँले, ‘नेवारी भोजका र कार्यक्रमका लागि प्रतिब्यक्ति एक हजार रूपैयाँ तोकिएको छ ।’ कार्यक्रममा विभिन्न बाजा खल र पुच:हरूको सामुहिक प्रस्तुति समेत रहेको छ । अनेकौं विशेषताले भरिएको चावहिल क्षेत्रमा गणेस्थान जात्रा नजिकिएको छ ।
काठमाडौँ । जर्नी अफ फेसनको १८औँ संस्करणमा आयुष्माले नृतिका शाक्यको डिजाइनमा रहेको पहिरन लगाएर नयाँता नामक फेसन शोमा सहभागी भएकी छन् ।
नमुना कलेजले काठमाडौंमा आयोजना गरेको समारोहमा उनि नृतिका शाक्यको डिजाइनमा रहेको पहिरनमा प्रस्तुत भएकी हुन् ।
“फिग फ्लावरेट” एक अचम्मको ककल पोशाक हो । जसले नेभाराको फल र यसको फूलका विभिन्न रंगहरूबाट प्रेरणा लिन्छ, प्रकृतिको ताजगीलाई फेसनको लालित्यसँग मिसाउँछ ।
मुख्य कपडाको रूपमा प्रिन्टेड अर्गान्जा र लाइक्रा कपडाको नाजुक संयोजनबाट डिजाइन बनाइएको हुन्छ । डिजाइनमा आस्तीन बिना स्वीटहेयर बोडिस कोर्सेट रहेको छ।
नेभाराका फूलहरूसहितको हेड स्कार्फ: फिगबाट प्रेरित पोशाकसँग भिन्न रंग रहेको हुन्छ । यो ककटेल पोशाक बैजनी मोजा, हेड स्कार्फ, फिग इयररिङ र सुन्दर बैजनी पन्जाहरूसँग स्टाइल गरिएको छ।
पञ्जाको औंठीमा जोडिएको फूलले पोशाकलाई सुन्दरता दिन्छ । साथै, पहिरनको मुख्य बाहिरी भाग लुगाको भित्री डिजाइनको साथमा प्रिन्ट गरिएको अर्गान्जाले बनेको हुन्छ ।जुन ड्रेसको भित्री डिजाइनसँग मिल्दोजुल्दो हुन्छ । जुन खुल्दा सुन्दर पोशाकमा रहेको हुन्छ ।
काठमाडौँ । लुम्बिनी एकेडेमीक फाउन्डेसन ३१औँ अभिभावक दिवस सम्पन्न गरेको छ । आज आयोजित एक समारोहका बिच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्बिनी एकेडेमीक कलेजका संस्थापक लोकेश ढकालले, ‘आफुहरू यस शैक्षिक संस्थाबाट महत्त्वपूर्ण योगदान पुर्याउन तत्पर रहेको उहाँले बताउनुभयो ।’ त्यस्तै, उहाँले कोभिडको समयमा लुम्बिनीको स्तरमा केही कमी आएपछि आफुहरू लयमा फर्किसकेको बताउनुभयो । उहाँले देशको राजनीति सहि तहबाट नहिडेको खण्डमा देशको प्रगति हुन नसक्ने बताउनुभयो ।
त्यस्तै, काठमाडौँ महानगरपालिका वडा ७ का वडाअध्यक्ष विमल कुमार होडाले, ‘ यस वडामा ५० भन्दा बढि कलेजहरू रहेको र ४ वटा सामुदायिक विद्यालय रहेको बताउँदै लुम्बिनीले पुर्याएको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो ।’ त्यस्तै, उहाँले सरकारी कामकाजको सहज पहुँचमा यहाँहरू सबैको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य श्रीराम लामिछानेले, ‘ काठमाडौँको उत्तर पूर्वी क्षेत्रमा रहेर नयाँ प्रविधिको शिक्षा प्रदान गरेकोमा कलेज प्रति सर्हाननीय योगदान पुर्याएको बताउनुभयो ।’ त्यस्तै, उहाँले शिक्षामा हामीले गुणात्मकता दिन नसकेको समेत बताउनुभयो । त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य सुरज चन्द लामिछानेले लुम्बिनीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, ‘शिक्षा अहिले जटिल अवस्थामा रहेको बताउनुभयो ।’ उहाँले, ‘अहिले कुनै पनि कुरा सहि ढंगबाट नचलिरहेको समेत बताउनुभयो ।’ त्यस्तै, उहाँले शिक्षा र राजनीति सबै कुरा ठिक नभएसम्म देशको विकास नहुने उहाँले बताउनुभयो ।
उहाँले शिक्षा विदेयकमा रहेका कुराहरू कतिपय कुराहरू तालमेल नमिलेको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल व्यवस्थापनका लागि पनि प्रयास हुन आवश्यक रहेको बताउदैँ उहाँले, बालबालिकाले सामाजिक सञ्जाल व्यवस्थापन कसरी गर्ने भन्ने कुरापनि रहन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले शिक्षा विदेयकका कुरा कतिपय मनन योग्य नरहेको उहाँले बताउनुभयो । उहाँले जनताले शिक्षा र स्वास्थ्य पाउनै पर्ने बताउनुभयो ।
त्यस्तै, लुम्बिनी एकेडेमीक कलेजका डाइरेक्टर अध्यक्ष रविन चन्द कोइराला वास्तवमा लुम्बिनी एकेडेमीले विकट ठाउँमा रहेका विद्यार्थीहरूलाई महत्त्वपूर्ण स्थान प्रदान गरेर शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले विद्यालयले बालबालिकाकाे वृद्धि विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
त्यस्तै, शिक्षा तथा भाषा साहित्यका क्षेत्रमा पर्याएको योगदानको कदर गर्दै कलेजले प्रा.डा. कुलप्रसाद कोइरालालाई सम्मान गरेको थियो भने, शिक्षक सम्मान १० कक्षासम्मबाट सात वर्षदेखि पढाउदै आइरहनुभएका स्कुल कोअडिनेटर सुवास कार्कीलाई सम्मान गरीएको थियो । त्यस्तै, कक्षा ११/ १२ तर्फबाट इकोनोमिक्स शिक्षक दिपक भुसाललाई पनि सम्मान गरिएको थियो ।
दुई सत्रमा बढिएको कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नर्सरी, एलकेजी देखि स्नातक तहसम्मका विद्यार्थीहरूले नृत्य सहित आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । लुम्बिनी एकेडेमीक कलेज पूर्वी भेगमा रहेर महत्त्वपूर्ण शिक्षा प्रदान गर्न कटिबद्ध कलेजका रूपमा रहेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागीता रहेको थियो । लुम्बिनी एकेडेमी आइएसओ सटीफाइड कलेज हाे । उक्त कार्यक्रमको सञ्चालन लुम्बिनी एकेडेमी कलेजका प्राचार्य रविन भट्टराईले सञ्चालन गर्नुभएको थियो भने, कोअडिनेसन साजन दाहालले गर्नुभएको थियो ।
काठमाडौं । पछिल्लो समय बालबालिकाहरू मोबाइल फोन तथा विभिन्न सामाजिक सञ्जालहरूमा बरालिरहदाँ उनिहरूका विभिन्न क्रियटिभ गतिविधिहरूलाई मद्दत गर्न एलरोज एजुकेशनले ‘अवाकस’ कोर्षलाई अगाडि ल्याएको छ ।
विशेषगरी बालबालिकाहरूका लागि महत्त्वपूर्ण रहेको उक्त मेन्टलम्याथ अर्थात ‘अवाकस’ले बालबालिकाहरूमा गणितीय क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण स्थान ओगटी रहेको छ ।
गणितीय हिसाबलाई सहज र सरल तरिकाबाट समाधान गर्नका लागि अन्तराष्ट्रिय स्तरमा पछिल्लो समय उल्लेखनीय भुमिका खेलीरहेको अवाकसले नेपालमा पनि महत्त्वपूर्ण स्थान ओगट्दै आएको छ ।
काठमाडौँ । नमूना अभ्यास अदालत प्रतिष्पर्धा कार्यक्रममा देशभरबाट ३ उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपद्वारा राजधानीमा आयोजित नमूना अभ्यास अदालत कार्यक्रमको समापन समारोहमा उत्कृष्ट ३ विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
ज्ञान पुञ्जले आयोजना गरेको २ दिने नमुना अभ्यास अदालत सेमिनार एवम् प्रतिष्पर्धा कार्यक्रममा प्रथम भएकी ननिता खत्रि, द्वितिय भएकी अनिता पाण्डे र तृतिय भएकी गंगा रिमाललाई प्रमाणपत्र प्रदान गरेको छ । प्रतिष्पर्धामा करिव ७० जना कानूनका विद्याथीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले कानुन बिषयको पाठ्यक्रम अद्यावधिक गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष घिमिरेले समयानुल परिवर्तनको आवश्यकता औल्याउनुभयो । नयाँ पिढी आईटी र एमबिबिएस भन्दा कानून विषयमा अधिक आकर्षित हुन थालेको भन्दै उहाँले समयको माग अनुसार अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरि प्रसाद डुम्रेले कानून व्यवसायीहरुको पेशागत र व्यक्तित्व विकासका लागि गर्दै आएको क्षमता अभिबृद्धि कार्यक्रमले राष्ट्रको दक्ष जशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रले पनि प्रशिक्षण गर्नु भएकाे थियाे ।
यस्तै कार्यक्रममा न्यायाधिशको निर्णायक मण्डलीमा रहनुभएका उच्च अदालतका पूर्व न्यायाधिश अनन्त राज डुम्रे, विनोद मोहन आचार्य, अधिवक्ता बाबुराम दाहाल, बेगेन्द्र राज शर्मा पौड्याल, पुष्पराज बास्तोला लगायतले सहभागि विद्यार्थीहरुलाई अधिवक्ताको कर्तव्य र अधिकारको विषयमा दृष्टिगत गराउनुभएको थियो ।
काठमाडौँ । दोस्रो नेपाल जापान मैत्री सम्मेलन २०८० सम्पन्न भएको छ । जापानको फोर्थ भ्याली कन्सर्ज कर्पोरेसन कम्पनी र नेपालको लीडएक्सको आयोजना तथा मिड-भ्याली इन्टरनेशनल कलेज सँगको सहकार्यमा दोस्रो नेपाल जापान मैत्री सम्मेलन २०८० सम्पन्न भएको छ ।
सन् १९५४ देखि जापानले नेपालको सामाजिक, आर्थिक विकासमा मुख्यतया द्विपक्षीय अनुदान क्षण र प्राविधिकसहित शैक्षिक क्षेत्रमा सहयता पुर्याउदैँ आइरहेको छ ।
जापानले विभिन्न समयमा नेपालका विभिन्न निकायहरू सँग सहकार्य गर्दै नेपालमा पछिल्लो समय लगानीको वातावरण सर्वेक्षणका लागि विभिन्न व्यक्तिहरू सँगको सहकार्यतालाई अगाडि बढाँउदै आईरहेको छ ।
यसैबीच, जापानकाे मिनेस्युकु कम्पनीका सञ्चालकहरूले मिड-भ्याली कलेज सँगको सहकार्यतालाई अगाडि बढाउन त्यहाँको शैक्षिक गुणस्तरीयता, विद्यार्थी केन्द्रित क्षमता, अवसर तथा सहकार्यका विभिन्न पाटोहरूमा सहकार्यका लागि अग्रसरता देखाउँदै उक्त स्थानहरूको अनुगमन सहित छलफल तथा परामर्श सम्पन्न गरेको छ ।
हालसम्म उक्त सहकार्यबाट जापानको मिनेस्युकु कम्पनीले विगतको पाँच वर्षको अवधिमा नेपालकाे मिड-भ्याली कलेजका १९ जना विद्यार्थीहरूलाई अवसर प्रदान गरेको बताउँदै इन्टनसिप र रोजगारीको अवसरका क्षेत्रमा क्षमता अभिवृद्धिका लागि होटल म्यानेजमेन्ट सेक्टरका विद्यार्थीहरूलाई अवसर प्रदान गरेको मिड-भ्याली कलेजका म्यानेजिङ डाइरेक्टर रिताल राणाले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रका नेपाली विद्यार्थी १९ जनालाई उक्त कम्पनीले जापानमा इन्टनसिपको अवसर प्रदान गरेको उहाँले बताउनुभयो । त्यस्तै, अबका दिनमा आइटी क्षेत्रका विद्यार्थीहरूलाई पनि जापानको आइटी कम्पनी सँगको सहकार्यमा इन्टनसीप तथा जागिरीको अवसर प्रदान गरिने उहाँले बताउनुभयो ।
विगत तीन दिनसम्म चलेको कार्यक्रममा विभिन्न जापानका लब्ध प्रतिष्ठित कम्पनीहरूका सिइयोले नेपालको बहुआयामिक क्षेत्र सँगसँगै कलेज सँगको सहकार्यतालाई मजबुद बनाउन तथा नेपालको शैक्षिक क्षेत्रको उन्नयनका लागि सहकार्यका लागि रूचि बढाएको कलेजका कार्यक्रम निर्देशक जीवन अधिकारीले बताउनुभयो ।
विभिन्न क्षेत्र सँगैको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा शिक्षक विद्यार्थीहरूको उल्लेख सहभागीता रहेको थियो । तस्वीर : दिलिप वैद्य