




काठमाडौँ । फाउन्डेसन फर हेल्पले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा करिव ५५ वटा विद्यालयका ३९० विद्यार्थीहरुको सहभागिता रहेको थियो । विश्व वातावरण दिवस २०२४ को अवसरमा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा सहित चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका चान्सलर नरदमणि हार्ताम्छाली रहनुभएको थियो । प्रतियोगिताको मुल्यांकनको जिम्मेवारी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यद्वय अरुणा हिङमाङ र सौरगंगा दर्शनधारीले गर्नुभएको थियो ।
दुइ चरणमा आयोजित प्रतियोगिताको वरिष्ठ श्रेणी तर्फ कैलाश बोधी माध्यमिक विद्यालयका कक्षा ८ का छिरिङ लामा प्रथम भएका थिए भने, द्वितीय काठमाडौँ ग्लोबल स्कूलका कक्षा ९ का रमित भुजेल, तृतीय लोयल्टी स्कूलका कक्षा ९ का डेविड गुरुङ, चौथो स्थान गुह्येश्वरी बोर्डिङ स्कूलका कक्षा १० की परी सिंह, र पाँचौं स्थान सुर्योदय बोर्डिङ स्कूलका कक्षा १० की श्रिया गुरुङले विजेता भएका थिए । उहाँहरूले प्रमाणपत्र सहित विभिन्न पुरस्कारहरू हात पार्नुभएको थियो ।
दुइ चरणमा आयोजित प्रतियोगिताको वरिष्ठ श्रेणी तर्फ कैलाश बोधी माध्यमिक विद्यालयका कक्षा ८ का छिरिङ लामा प्रथम भएका थिए भने, द्वितीय काठमाडौँ ग्लोबल स्कूलका कक्षा ९ का रमित भुजेल, तृतीय लोयल्टी स्कूलका कक्षा ९ का डेविड गुरुङ, चौथो स्थान गुह्येश्वरी बोर्डिङ स्कूलका कक्षा १० की परी सिंह, र पाँचौं स्थान सुर्योदय बोर्डिङ स्कूलका कक्षा १० की श्रिया गुरुङले विजेता भएका थिए । उहाँहरूले प्रमाणपत्र सहित विभिन्न पुरस्कारहरू हात पार्नुभएको थियो ।
त्यस्तै, कनिष्ठ श्रेणी तथा नेपाल एपीएफ स्कूलका कक्षा ७ का अखिल श्रेष्ठ प्रथम भएका थिए भने, हिमशीला बोर्डिङ स्कूलका कक्षा ७ की अंगिला के.सी. द्वितीय भएकी थिईन भने, कैलाश बोधी माध्यमिक विद्यालयका कक्षा ६ की कपोज सङमु लामा तृतीय भएका थिए भने, एकता जेम्स एजुकेशनल एण्ड टेक्निकल फाउन्डेसनका कक्षा ४ का आकाश मोक्तान चौथो भएका थिए भने, पाँचौँ स्थान काठमाडौँ न्यू क्यासल स्कूल कक्षा ७ की श्रेया पाण्डेले विजयी भगका छन् ।
त्यस्तै, प्रथम, द्वितीय र तृतीय हने विद्यार्थीहरूले क्रमश ३ हजार, २ हजार र एक हजार पुरस्कार राशी सहित गिफ्ट ह्याम्पर प्रमाणपत्र तथा मेडल प्राप्त गरेका थिए ।
जी.पी. कोइराला मेमोरियल कलेजको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा संस्थाका सह-संस्थापक उत्सव न्यौपानेले विभिन्न संस्थाहरुले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन विभिन्न तरिकाले सहयोग गरेका बताउनुभयो ।
उहाँले, ‘फाउन्डेसन फर हेल्प शिक्षण सिकाइ प्रक्रियालाई रुपान्तरण गर्ने र प्रत्येक बालबालिकालाई स्वास्थ्य र शिक्षामा पहुँच पुर्याउने उद्देश्यका साथ स्थापना भएको बताउनुभयो ।’ न्यौपानेले, ‘यो संस्था समाजलाई विभिन्न सन्देशसहित उन्नति गर्न र समृद्ध बनाउन विभिन्न गतिविधिहरू सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।उक्त कार्यक्रमको संयोजन निशा तामाङले गर्नुभएको थियो ।
त्यस्तै, जी.पी. कोइराला मेमोरियल कलेजका प्रधानाचार्य शिव प्रसाद अधिकारीले, ‘विद्यालय तहका बालबालिकाको क्षमता, ऐतिहासिकता तथा कलात्मकतालाई देखाउन कलेजका विद्यार्थीहरूले चित्रकला प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।’
उहाँले आगामी दिनहरूमा पनि यस्तै किसिमका कार्यक्रमहरू मार्फत अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौँ । जर्नी अफ फेसनको १८औँ संस्करणमा आयुष्माले नृतिका शाक्यको डिजाइनमा रहेको पहिरन लगाएर नयाँता नामक फेसन शोमा सहभागी भएकी छन् ।
नमुना कलेजले काठमाडौंमा आयोजना गरेको समारोहमा उनि नृतिका शाक्यको डिजाइनमा रहेको पहिरनमा प्रस्तुत भएकी हुन् ।
“फिग फ्लावरेट” एक अचम्मको ककल पोशाक हो । जसले नेभाराको फल र यसको फूलका विभिन्न रंगहरूबाट प्रेरणा लिन्छ, प्रकृतिको ताजगीलाई फेसनको लालित्यसँग मिसाउँछ ।
मुख्य कपडाको रूपमा प्रिन्टेड अर्गान्जा र लाइक्रा कपडाको नाजुक संयोजनबाट डिजाइन बनाइएको हुन्छ । डिजाइनमा आस्तीन बिना स्वीटहेयर बोडिस कोर्सेट रहेको छ।
नेभाराका फूलहरूसहितको हेड स्कार्फ: फिगबाट प्रेरित पोशाकसँग भिन्न रंग रहेको हुन्छ । यो ककटेल पोशाक बैजनी मोजा, हेड स्कार्फ, फिग इयररिङ र सुन्दर बैजनी पन्जाहरूसँग स्टाइल गरिएको छ।
पञ्जाको औंठीमा जोडिएको फूलले पोशाकलाई सुन्दरता दिन्छ । साथै, पहिरनको मुख्य बाहिरी भाग लुगाको भित्री डिजाइनको साथमा प्रिन्ट गरिएको अर्गान्जाले बनेको हुन्छ ।जुन ड्रेसको भित्री डिजाइनसँग मिल्दोजुल्दो हुन्छ । जुन खुल्दा सुन्दर पोशाकमा रहेको हुन्छ ।
काठमाडौँ । बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न भएको छ। शुक्रबार क्याम्पसमा आयोजित एक समारोहका बीच प्रतिस्पर्धा सम्पन्न भएको हो।
शुक्रबार उक्त प्रतिस्पर्धामा ८ वटा समूहको सहभागिता रहेको थियो । सहभागीमध्येबाट ‘आर्थिका’ समूह छनाेट भएको छ । जुन समुहमा अनुसोया वाग्ले, प्रतिका खतिवडा, आकृति निरौला र पुष्टिका भण्डारी रहनुभएको थियो ।
सो समुहले लोपोन्मुख मदानीको बारेमा जानकारी सहितको प्रस्तुति दिएका थिए । त्यस्तै, फष्ट रनरअपका रूपमा ‘श्रिता’ समुह चयन भएको छ भने, सेकेन्ड रनरअपका रूपमा ‘एली’ समुह चयन भएको छ ।
कार्यक्रममा निर्णायकको भूमिकामा विज्ञान गुप्ता, श्रवण ठाकुर, रितेश सुब्बा र सौरभराज भण्डारी रहनुभएको थियो ।
कार्यक्रमको सभापतित्व क्याम्पस निर्देशक श्रृष्टि थापाले गर्नुभएको थियो । त्यस्तै, प्रमुख अतिथिका रूपमा हल्ट प्राइजको देशीय संयोजक सुबि काफ्ले तथा पद्मकन्या क्याम्पसको सहायक निर्देशक ज्योति न्यौपाने रहनु भएको थियो ।
‘हल्ट प्राइज’को यस वर्षको नारा ‘असिमितता’ रहेको छ। हल्ट २०२३ क्याम्पस निर्देशक श्रृष्टि थापाका अनुसार प्रतियोगीतामा नाराको परिधिभित्र रहेर विभिन्न १७ वटा विषयवस्तुमा सिमित रहेर व्यावसायिक योजना प्रस्तुत गरिएको थियो ।
छनाेट भएको समूहले नेपालको प्रतिनिधित्व गर्दै भारतमा आयोजना हुने क्षेत्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ भने तत्पश्चात् हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनेछ । १० लाख अमेरिकी डलरको पुरस्कार राशि रहेको अन्तिम चरणको प्रतिस्पर्धामा पुग्न क्षेत्रीय हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनाेट हुनुपर्नेछ।
हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ। कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन्। प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ।
काठमाडौँ । नाटक ’समयको पीडा’ आजबाट मञ्चन भएको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक आजबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो । कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताउनुभयो ।
नाटकमा रोजगारी लागि नेपालबाट विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा समावेश गरिएको सुन्दर धितालले बताउनुभयो । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेर सँगै आफ्नो सन्तती पनि घट्ने रहेछन् । यो साच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ ।
नाटक विद्यालय बुकिङ शोका रूपमा अगाडि बढाउने तयारी रहेको सगुन पोख्रेलले बताउनुभयो । उहाँले विद्यालयहरूको बुकिङ अनुसार नाटकका विभिन्न शोहरू प्रस्तुत गरिने जानकारी दिनुभयो । पाठ्यक्रममा आधारित कथा वस्तुमा समावेश नाटक भएकाले यसलाई विद्यार्थी केन्द्रीत गरिएको पोख्रेलले बताउनुभयो ।
नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुणर् गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहनु भएको छ ।
कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश रहेको ’समय पीडा’ को रुपान्तरण रूप हो ।
काठमाडौँ । मिस युनिभर्सले बैंकक्रप्सी फाइल सार्वजनिक गरेको छ । विश्वको प्रतिष्ठित मध्ये एक मानिएको मिस युनिभर्सले बैंकक्रप्सी फाइल गरेको हो । मिस युनिभर्सको आयोजक, जेकेएन ग्लोबल ग्रुप, एलजीबीटीक्यू समुदायबाट विश्वको सबैभन्दा धनी ट्रान्सजेन्डर महिला एनी जक्काफोङ जाक्रजुटाटिपको स्वामित्वमा छ । जसले २०२२ मा २० मिलियन डलरमा प्रतियोगिता किनेको थियो ।
नोभेम्बर ८ मा, गत वर्षको तुलनामा यसको स्टक मूल्यमा ८० प्रतिशतले गिरावट आएपछि र १२ मिलियन बन्ड भुक्तानीको लागि सेप्टेम्बर १ को म्याद सकिएपछि जेकेएन् लीले प्रेस विज्ञप्ति जारी गर्दै थाइल्यान्डको अदालतमा बैंकक्रप्सी दर्ता गरेको जनाइएको थियो । प्रेस विज्ञप्तिमा अगाडि भनिएको थियो कम्पनीले आफ्नो ऋणको पुनर्संरचना र तरलता सुधार गर्न खोज्ने जनाइएको छ । यसै बिच जेएनके ग्लोबलले मिस यूनिभर्स प्रतियोगिता बिक्रीको प्रकृया अगाडि बडाएको पनि बुझिएको छ ।
३४८ मिलियन भाट र विक्रेताहरूलाई १.४ बिलियन भाटको छोटो अवधिको बैंक ऋणको शीर्षमा अब ३ अर्ब भाटभन्दा बढी डिबेन्चर भुक्तानीहरू बाँकी रहेका छन् । कम्पनीको तेस्रो त्रैमासिक आम्दानीमा गम्भीर समस्या देखिएको थियो । उक्त दिन दुई बोर्ड निर्देशकहरूले राजीनामा दिएका थिए .।थाइल्याण्डको स्टक एक्सचेन्जले स्टकले जेकेएनको लागि सावधानी पोस्ट गरेसँगै जेकेएन शेयरको मूल्य अघिल्लो वर्षको तुलनामा ९०% भन्दा बढी घटेको छ । हाल मिस युनिभर्सको मुल्याङ्कन जम्मा छ मिलियन अमेरिकन डलरमा झरेको छ ।
अक्टोबर २०२२ मा मिस युनिभर्स, मिस युएसए र मिस टिन युएसएको २० मिलियन डलरमा स्वामित्व ग्रहण गरी जेकेएन्को अन्तर्राष्ट्रिय व्यापार बढाउन र एलजीबिटियू समुदायमा विश्वको सबैभन्दा धनी ट्रान्सजेन्डर महिलाहरू मध्ये एकको रूपमा आइकन भइसकेकी एनी ज्याकाफोङको ब्रान्ड पहिचान बढाउने प्रयास थियो । तर जेकेएनको समस्या मिस युनिभर्सको स्वमित्व लिनु अगाडि कोभिड १९ को बेलाबाट सुरु भएको थियो । जब लकडाउनमा दर्शक आकर्सित गर्न कन्टेन्टमा अत्याधिक गरेको लागनी अनुसार दर्शक गुमाउनु परेको थियो जस्को फलस्वरुप कन्टेन्ट्को मुल्यमा भारी गिरावट आएकोि थियो ।
जेकेएनका अधिकाम्स सम्पत्ति अमुर्त रहेका छन् । संचार सामाग्री, समाचारहरु तथा प्रसारणका अधिकारहरु नै अधिकाम्स सम्पत्ति हुन । येस्ता सम्पत्तिको मुल्यको भविस्य कसैले पनि अनुमान गर्न नसक्ने प्रब्रिद्धिका हुने गर्दछन । २०२१ बाट नै ऋणको आकारमा विधि आएको जेकेएन २०२३ को पहिलो महिनामा नै ५०० मिलियन भाटको नकरत्मक नगद प्रभाह भएको थियो ।
सेयरधनीहरूले कम्पनीको अप्रिल वार्षिक बैठकमा नै कम्पनीको तरलता समस्याको बारेमा सीईओ एनी जक्काफोङ र प्रमुख वित्तीय अधिकृत नारिन्थोर्न अनुक्रोहतानापोङलाई प्रश्न गरेका थिए । जेकेएनले २०२३ को पहिलो तीन त्रैमासिकमा विज्ञापन नाफामा ६०% वार्षिक गिरावट रेकर्ड गरेको थियो । कार्यकारीहरूले भने कि कोभिड -१९ महामारीले ग्राहकहरूको भुक्तानी गर्ने क्षमता, साथै मार्केटिङ र विज्ञापन बजेटहरू कम गरेको छ ।
यसरी अब अर्को बर्ष मेक्सिकोमा हुने भनिएको २०२४ को मिस युनिभर्स हुने वा नहुने अन्योलमा रहेको छ । मिस बोल्र्ड पनि बिगत लामो समयदेखी हुन नसकी रहेको अवस्थामा मिस युनिभर्सको अन्योलताले पेजेन्ट फ्यानहरु लाई दुखी बनाएको छ । अन्तरराष्ट्रिय समाचार श्रोतहरू
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला गरिएको छ । पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला गरिएको हो ।
मिस युनिभर्स नेपालमा सहभागी हुन चाहनेले साउन १८ गतेसम्म आवेदन दिन सक्ने ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगामी संस्करणलाई थप समावेशी र लोकतान्त्रिक बनाउदैँ अगाडि बढ्ने प्रयास भइरहेको बताउनुभयो । श्रेष्ठले, अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्षसम्म पुर्याइएको जानकारि दिनुभयो ।
मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताउनुभयो । आउँदो संस्करणको विजेताले ७२औँ मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउने बताइएको छ । पर्यटन बोर्डकी प्रबन्ध निर्देशक नन्दिनी थापाले प्रतियोगिताको विजेतालाई नेपालको पर्यटन दूत घोषणा गर्ने बताउनुभयो ।
त्यस्तै, मिस युनिभर्सल नेपालका कोरियोग्राफर प्रशान्त ताम्राकारले, कोरियोग्राफरको भुमिका मञ्चमै प्रस्तुत हुने भएकाले आफ्नो मिहिनेत प्रतिस्पर्धीहरू मार्फत देखिने बताउनुभयो । उहाँले आफुहरूको मिहिनेतका आधारमा प्रतिस्पर्धीीहरूबाट उत्कृष्ट आउने हुँदा कुनै पनि कसर बाकी नराखी उत्कृष्ट प्रतिस्पर्धी सार्वजनिक गर्ने बताउनुभयो ।
त्यस्तै, २०२२ कि मिस युनिभर्सल नेपाल सोफिया भुजेलले मिस युनिभर्स नेपालले आफुहरूलाई प्रतिस्पर्धा गर्ने एउटा थलो प्रदान गरेको र त्यसको सदुपयोग कसरी गर्ने आफ्नो हातमा हुने बताउनुभयो ।
चौथो संस्करणको मिस युनिभर्सल विश्वको सबैभन्दा प्रतिष्ठित र सम्मानित प्रतियोगिता मध्यको फ्रान्चाइजी अन्तर्गतको स्वतन्त्र राष्ट्रिय प्रतियोगिता हुने आयोजकले विश्वास लिएको छ ।
मिस युनिभर्स नेपाल २०२३ को ताज जित्ने र ७२औँ मिस युनिभर्सको भव्य मञ्चमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने सपना बोकेका सबै साहसी, सशक्त र सुन्दर महिलाहरूका लागि यो एउटा उत्कृष्ट अवसर भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन १५ जुनदेखि ३ अगस्टसम्म दर्ता समय रहेको र, इच्छुक सहभागीहरूले यस अवधिमा प्रतियोगिताको लागि नाम दर्ता गर्न सक्ने छन् । उमंग क्रिएसनले आयोजना गर्न लागेको मिस युनिभर्स नेपालको यो चौथो संस्करण हो ।
काठमाडौँ । कैलाशकुट बहुमुखी क्याम्पसको नयाँ वर्षको शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा “फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्राङ्गण मित्रपार्कमा आयोजित एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा-८ का वडाअध्यक्ष आशामान संगतले नयाँ वर्षको शुभकामना दिनुहुँदै निजी विद्यालयको तुलनामा सामुदायीक विद्यालयहरूमा पनि शैक्षिक क्षेत्रमा कुनै कमी नरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू भविष्यको कणार्धार भएकाले आफ्नो भविष्यलाई कसरी अगाडि बढाउने भन्ने कुरामा केन्द्रीत रहन समेत आग्रह गर्नुभयो । त्यस्तै, क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष एवम् कैलाशकुट बहुमुखी क्याम्पसका अध्यक्ष श्याम बहादुर श्रेष्ठले नयाँ वर्षको शुभकामना दिनुहुदैँ आगामी दिनमा कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
त्यस्तै, कैलाशकुट बहुमुखी क्याम्पसका स्ववियु सभापति मुरारी गौतम (सुवर्ण)ले, कलेजमा सुधार गर्नुपर्न धेरै पक्षहरू रहेकाले यसलाई निरन्तर रूपमा अगाडि बढाइने र विद्यार्थीहरूले आफ्नो ध्यान परीक्षामुखी नभएर जीवनमा लागू हुने गरि अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, कार्यक्रमका सभापति एवम् कैलाशकुट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायण पौडेलले विद्यार्थीहरूको हक हितका पक्षमा कलेज सधैं अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रमका सभापतिका रूपमा क्याम्पस प्रमुख नारायण पौडेल रहनुभएको थियोे भने, प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका वडा-८ का वडाअध्यक्ष आशामान संगत रहनुभएको थियो । त्यस्तै, विशिष्ट अतिथिका कैलाशकुट बहुमुखी क्याम्पसका अध्यक्ष श्याम बहादुर श्रेष्ठ, विशेष अतिथिका रूपमा कैलाशकुट बहुमुखी क्याम्पसका स्ववियु सभापति मुरारी (सुवर्ण) गौतम, पूर्व क्याम्पस प्रमुख डा. शोभा ढुङ्गाना तथा अतिथिका रूपमा क्याम्पसका शिक्षक शिक्षिका रहनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो भने, खेलकुद प्रतियोगितागिता मा विजयि खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कक्षा (१२ का विद्यार्थी सुजन तिमल्सिनाले राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन किरण बराल र निरूता ज्ञवालीले सञ्चालन गर्नुभएको थियो ।
काठमाडौँ । गत चैत २३ गते बिहीबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए ।
नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीहरुले आफ्ना डिजाइन प्रस्तुत गरेका छन् । बिहीबार राति यहाँ आयोजित १७औं संस्करणको जर्नी अफ फेसनः ‘कल्पनम् सत्यतात्’ शीर्षक अन्तर्गत उनीहरु तयार पारेका आ–आफ्ना डिजाइन प्रस्तुत गरेका हुन् । तस्बिरः किरण वाइजर
काठमाडौँ । पिंक तीफैनले आयोजना गरेको ‘समानता फेशन शो’ को अडिशनमा सहभागी तथा जजहरु ।
तस्विर : किरण वाइजर