Tag: सेन्ट लरेन्स कलेज

  • ‘सेन्ट लरेन्स कलेज’वाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित

    ‘सेन्ट लरेन्स कलेज’वाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित

    काठमाडौँ । सेन्ट लरेन्स कलेजलाई वाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ प्रदान गरिएको छ ।

    चावहिलको मित्रपार्कमा अवस्थित कलेजलाई चन्द्रलोक प्रतिष्ठानले प्रदान गरेको बाग्मति प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित गरिएको हो ।

    प्रविधिमैत्री प्रतिस्पर्धा र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा संस्थाले अतुलनीय योगदान पुर्याएकाले सेन्ट लरेन्स कलेजलाई वाग्मती प्रदेशकै उत्कृष्ट कलेजका रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ ।

    ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनलाई प्रदान गर्नुभएको हो ।

    प्रदेशस्तरमा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित कलेजले कक्षा ११/१२ तर्फ शिक्षा मानविकी व्यवस्थापन र कानुन विषय अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।

  • सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न

    सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न

    काठमाडौँ । चावहिलस्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का विद्यार्थीहरु लक्षित अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक ताराप्रसाद सुवेदीले नव आगन्तुक विद्यार्थी तथा अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्सले गुणस्तरीय शिक्षा दिन कुनै कसर नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    त्यसैगरी, कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले सेन्ट लरेन्समा कक्षा ११ मा भर्ना हुनु भएका विद्यार्थीलाई यो दुई वर्षको अध्ययन सम्झनलायक हुने बताउनुभयो ।

    कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले देशकै सेवामा लाग्न सक्ने जनशक्ति सेन्ट लरेन्सले उत्पादन गर्न सक्ने बताउनुभयो ।

    त्यसैगरी, प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्वर-७ का वडाध्यक्ष बिमलकुमार होडाले शुभकामना दिँदै सेन्ट लरेन्सले अभिभावकीय जिम्मेवारी पुरा गर्दै विद्यार्थीलाई सत्मार्गमा लगाउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष केशव प्रसाद दंगालले विद्यार्थीहरुले जुन विश्वास गरेर सेन्ट लरेन्स रोजेका छन् त्यो विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    त्यस्तै, कक्षा १२ की छात्रा एलिशा श्रेष्ठले सेन्ट लरेन्सको अनुभव सुनाउँदै कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेकी थिइन् । त्यसैगरी, कक्षा ११ मा भर्ना भएकी आयुषा तिमल्सिनाले सेन्ट लरेन्स रोज्नुको औचित्य प्रस्तुत गरेकी थिइन् ।

    कार्यक्रममा प्रेरक वक्ता रबिन कट्वालले विद्यार्थीहरुमा जिवनोपयोगी ज्ञान प्रस्तुत गर्नुभइको थियो । विश्वका विभिन्न सफल व्यक्तिका सफलताका कथा सुनाउँदै उहाँले विद्यार्थीहरुमा उत्प्रेरणा भर्नु भएको थियो । यसैगरी, कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । तस्विर : दिलिप वैद्य