काठमाडौँ । नयाँ आयाम मल्टी-डिसिपिलेनरी इन्टिच्युट,’नामी’ कलेजका विद्यार्थीहरू दीक्षित भएका छन् । नर्थहेम्पटन विश्वविद्यालय युकेसँगको सहकार्यमा सञ्चालित नामी कलेजले शनिबार काठमाडौंको याक यान्ड यती होटलमा औपचारिक दीक्षान्त समारोह समापन गरेको हो ।
सन् २०१२ मा स्थापना भएको नामी कलेजले समारोहमा बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गतका विद्यार्थीहरूलाई दीक्षित गरिएको नामी कलेजका प्रिन्सिपल सन्जिव उदासले जानकारी दिनुभयो ।
नामि कलेजका प्रेन्सिपल सन्जिव उदासले ‘नामि कलेजबाट दिक्षित भएका विद्यार्थीहरू आवद्ध हुने संस्था र यसको गौरव उच्च हुने अपेक्षा व्यक्त गर्नुभयो ।’
त्यस्तै, कलेजबाट दिक्षित विद्यार्थी मनीषा शर्माले,’नामि कलेजको शैक्षिक वातावरणबाट आफुहरू सन्तुष्ट र प्रभावित रहेको बताउनुभयो ।
दीक्षित विद्यार्थीहरूलाई शुभकामना ज्ञापन गर्दै नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले ‘नेपालमा नै उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरूका लागि कलेज उच्च दर्जामा रहेको बताउनुभयो ।’
त्यस्तै,समारोहको प्रमुख अतिथिका रुपमा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला थापाले गर्नुभएको थियो भने, समारोहको अध्यक्षता डाक्टर आरजु राणा देउवाले गर्नुभएको थियो । समारोहमा कलेजका डाइरेक्टरहरू क्याप्टेन रामेश्वर थापा, सुरेशराज घिमिरे, योगराज कडेंल, सिता बास्तोला, उमा राज्यलक्ष्मी शाह लगायत विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँको गोकर्णेश्वरमा रहेको कलेजले विश्वस्तरिय कोर्सहरू अध्यापन गराउदैँ आइरहेको छ । नेपालको सर्वाधिक रुचाइएको अध्ययन गन्तव्यका रूपमा नामी स्थापित भएको प्रशासनको जिकिर रहेको छ । तस्विर : दिलिप वैद्य