काठमाडौँ,मंसिर १ । सेन्ट लरेन्स कलेजले प्लस टु कक्षा-१२ मा भर्ना भएका नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका बिच कलेजले नव-आगन्तुक विद्यार्थीहरू लाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोतम महर्जनले,’सेन्ट लरेन्स १३ जना विद्यार्थीबाट सुरु भई आज करिब ४००० विद्यार्थीको परिवार भएको उल्लेख गर्नुभयो । विगत २५ वर्षदेखि चाबहिलमा निरन्तर उत्कृष्टताको पर्याय बन्न सफल कलेज भएको बताउदैँ उहाँले विद्यार्थीहरूका सपना पुरा गर्न र भविष्य निर्माणका लागि कलेज प्रशासन सधैँ तत्पर रहेको बताउनुभयो । सेन्ट लरेन्सले उत्पादन गरेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलता नै कलेजको असली पहिचान भएको उहाँले बताउनुभयो ।’
विद्यार्थीहरूका तर्फबाट स्वागत मन्तव्य राख्दै हाल कक्षा १२ अध्ययनरत छात्रा प्रशुना काफ्लेले, ‘सेन्ट लरेन्स छान्ने निर्णय नव-आगन्तुक विद्यार्थीहरूको सबैभन्दा राम्रो निर्णय भएको बताउनुभयो । उहाँले आफू पनि कलेज कस्तो होला भन्ने दुबिधामै कलेज प्रवेश गरेको भए पनि आज कलेजको शैक्षिक वातावरण देखेर प्रभावित भएको बताउनुभयो ।’
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा-७ का वडाअध्यक्ष विमल कुमार होडाले,’२५औ वर्ष पूरा गर्दा कलेजले इतिहास निर्माण गरेको बताउनुभयो । राष्ट्रलाई चाहिने सबै विधाका जनशक्ति कलेजले उत्पादन गरिरहेको बताउँदै आफू जनप्रतिनिधि भएकाले विधिको शासन कायम गर्न चाहेको र त्यसका लागि असल नागरिक चाहिने भन्दै उहाँले त्यहीँ काम सेन्ट लरेन्सले गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले,’चाबहिल क्षेत्रको उत्कृष्ट कलेज सेन्ट लरेन्स रहेको र निरन्तर रहने बताउनुभयो । गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि कलेज सदैव प्रतिबद्ध रहेको बताउदँ अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न सेन्ट लरेन्स सधैँ सफल भएको बताउनुभयो ।
२५ वर्षौँदेखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने बताउदैँ अध्यक्ष दंगालले औपचारिक कार्यक्रम समापन गर्नुभएको थियो ।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा-७ का वडाअध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिका रूपमा सेन्ट लरेन्सका शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।
सफलताको गौरवमय २५ वर्ष पूरा गरेर २६औँ वर्षमा सञ्चालनरत कलेजले कार्यक्रम मार्फत आफ्नो गुणस्तरको पहिचान दिएको थियो । कार्यक्रममा हाल कलेजमा अध्ययनरत रहेका र विभिन्न क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।