images
images
images
images
images

जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न

images
images

काठमाडौं । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित एक समारोहका बिच संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त साधारण सभामा आर्थिक वर्ष २०७८ ७९ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । भने, संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले संस्थाको कार्य प्रगति सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष केन्द्र बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने, संस्थाका कार्यकारी प्रमुख दिनेश आचार्यले संस्थाको भावि लक्ष्य तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

images
images

कार्यक्रममा बोल्दै, सभाका सभापति एवम् जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले,ुआजसम्म बचतकर्ताहरूको साथ सहयोगले यश संस्था यहाँसम्म पुगेकाले यसलाई अगाडि बढाउनु हामी सबैको कर्तव्य रहेको बताउनुभयो । त्यस्तै, प्रमुख अतिथि नेफस्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलले, संस्थाको उन्नति प्रगतिको कामना गर्दै बचत कर्ताहरूलाई यस संस्थाप्रति विश्वास गरेर ढुक्क हुन आग्रह गर्नुभयो ।

समारोहको सभापतिका रूपमा चन्द्र बहादुर श्रेष्ठ रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा नेफस्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल रहनुभएको थियो । त्यस्तै, अतिथिका रूपमा राष्ट्रिय सहकारी बैंक गोंगबुका शाखा प्रमुख विनोद भट्टराई, नेफस्कुनका फिल्ड कार्यालय न्युरोड ईन्चार्ज मनोज कार्की , नेफस्कुन फिल्ड कार्यालय गोंगबु ईन्चार्ज प्रकाश अधिकारी तथा संस्थाका उपाध्यक्ष पबित्रा राई लगायत रहनुभएको थियो ।

संस्थाले उत्कृष्ट कर्मचारीहरू लाई पुरस्कृत गरेको थियो भने, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट आबधिक बचतकर्ता, उत्कृष्ट ३६५ दिने बचत कर्ता, उत्कृष्ट नियमित बचतकर्ता, नियमित तथा ख्यातिप्राप्त बचतकर्ता, नियमित दैनिक बचत कर्ताहहरूलाइ पुरस्कृत तथा सम्मान गरेको थियो । संस्थाको शेयर सदस्य, सदस्य तथा संस्थाका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।