काठमाडौं । तेक्वान्दो खेलमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका पात्र हुन् तेह्रथुमका उमेश कुमार मोक्तान । उहाँमा खेलकुद प्रति धेरै चासो र रूचि देखिन्छ । नेपाली खेलकुद क्षेत्रमा परिचित तेक्वान्दोका राष्ट्रिय खेलाडीका रूपमा उमेश ब्लाकबेल्ट टुडन प्राप्त खेलाडी हुन् ।
विभिन्न स्कुल तथा कलेजहरूमा प्रशिक्षार्थीका रूपमा प्रचलित मोक्तान प्रायःजसो प्रशिक्षणमै व्यस्त रहने गरेका छन् । मोक्तान सँग राष्ट्रपति रनिङ सिल्ड दोस्रो र तेस्रोमा भाग लिएको अनुभव छ ।
उहाँले तेक्वान्दो खेलका प्रख्यात खेलाडी दिपक विष्ट सँग तेक्वान्दोका बारेमा ज्ञान लिएका हुन् । खेलकुदका जुनसुकै विधामा पनि आफुले आफ्नो कौसलता प्रदर्शन गर्ने हो भने, यश क्षेत्रमा उज्ज्वल भविष्य रेको मोक्तान बताउनुहुन्छ ।
खेलबाट आत्म सन्तुष्टि तथा आम्दानी सँग पनि जोडिएकाले आफू खेल तर्फ आकर्षित भएको मोक्तान बताउनुहुन्छ । अहिले महिलाहरूले पनि तेक्वान्दो खेलको प्रशिक्षण लियर आफ्नो जीवन रक्षा गर्नुपर्नेमा मोक्तान जोड दिनुहुन्छ । उहाँमा आफ्नो शरिरले साथ दिए सम्म यसै क्षेत्रमा काम गर्ने आत्मविश्वास रहेको छ ।