images
images
images
images
images

राजेशकाजी श्रेष्ठको नेतृत्वमा मुलुककै प्रतिष्ठित विद्यालय भानुभक्त मेमोरियलको अल्मुनाइ एसोसिएसन गठन

images
images

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरमै चर्चित व्यवसायी राजेशकाजी श्रेष्ठको नेतृत्वमा मुलुककै प्रतिष्ठित विद्यालय भानुभक्त मेमोरियलको अल्मुनाइ एसोसिएसन गठन गरिएको छ । काठमाडौंको पानीपोखरीमा रहेको विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले श्रेष्ठको नेतृत्वमा अल्मुनाइ एशोसिएसन गठन गरेको हो ।

विद्यालयको पहिलो ब्याचका विद्यार्थी रहनु भएका श्रेष्ठलाई भेलाले एसोसिएसनको नेतृत्व लिन विशेष अनुरोध गरेको थियो । सर्वसहमतिबाट अध्यक्षमा चयन हुनु भएका श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कर्मशको पूर्व अध्यक्ष हुनुहुन्छ ।

images
images

पूर्व उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री समेत रहनु भएका श्रेष्ठ हाल भियतानामका लागि नेपालको अवैतनिक महावाणिज्यदूत हुनुहुन्छ । विभिन्न सामाजिक संस्थामा पनि क्रियाशील श्रेष्ठ निजी क्षेत्रको विकास विस्तारमा निरन्तर सक्रिय रहे बापत् थुप्रै राष्ट्रिय तथ अन्तर्राष्ट्रिय निकायहरूबाट सम्मानित भइसक्नु भएको छ ।

 

भानुभक्त मेमोरियलको अल्मुनाइ एसोसिएसनलाई उदाहरणीय संस्था बनाउने प्रतिबद्धता श्रेष्ठले व्यक्त गर्नु भएको छ । एसोसिएसनको तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नविनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाल रहनुभ भएको छ । समितिका सदस्यहरुमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहनु भएको छ ।

एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारका रुपमा चयन गरेको छ । यस्तै, विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

२०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन् । भानुभक्त मेमोरियल स्कुलको आसन्न ६०औँ वार्षिकोत्सव र एसएलसीमा सहभागिताको ५०औँ वार्षिकोत्सवलाई लक्षित गर्दै अल्मुनाई एशोसिएसन गठन गरिएको हो ।