काठमाडौँ । गुणस्तरीय शिक्षामा प्रतिवद्ध चावहिलमा अवस्थित सेन्ट लरेन्स कलेजले स्नातक तहका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच कलेजले स्नातक तहका बि एस सी, सि एस आइ टि र बि सि ए तहमा नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूमा जिवनोपयोगी सँगसँगै आईटी शिक्षाको महत्व, अध्ययनपछिको अवसरका संभावनाहरू, कलेजले प्रदान गर्ने शैक्षिक कार्यक्रम, बिद्यार्थीले पालना गर्नुपर्ने आवश्यक अनुशासनका नियमहरू लगायतका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको थियो ।
मन्टेश्वरीदेखि मास्टर्ससम्म अध्ययन हुने शैक्षिक संस्था सेन्ट लरेन्स कलेजको आईटी विभागमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरूलाई कलेजका अध्यक्ष केशवप्रसाद दंगालले स्वागत गर्नुभएको थियो । अध्यक्ष दंगालले त्रिभुवन विश्वविद्यालयले अध्ययन गराउन सम्बन्धन प्राप्त विषयवस्तुहरू अध्यायनका लागि समय भन्दा एक हप्ता अगाडि मंसिर १३ गतेदेखि कक्षा सुरू गर्न लागिको जानकारी दिनुभयो ।
उहाँले त्रिविले दिएको कोटा अनुसार कक्षा सञ्चालन गर्ने पनि जानकारी दिनुभयो । अध्यक्ष दंगालले आईटी अध्ययन गर्ने विद्यार्थीले आफ्नो मनस्थितिलाई सूचना प्रविधितिर तर्फ केन्द्रीत गर्दै एलन मस्कको बाटोमा अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।
कलेजको आईटी डिपार्टमेन्टमा ७१ जना विद्यार्थीहरू भर्ना गरेको छ । कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरूषोत्तम महर्जनले कलेजको नारा नै ‘विद्यार्थीहरूको सफलता नै हाम्रो प्रतिबद्धता’ भन्ने रहेकोले विद्यार्थीलाई सफल बनाउन कलेज सधै अग्रसर रहने बताउनुभयो । उहाँले अहिलेको समय डिजिटल युगको भएको र हाम्रो दैनिक जिवनलाई आईटी प्रविधिले सहज बनाउँदै लगेको बताउनुभयो ।
उहाँले, सरकारले पनि आफ्नो सेवा प्रवाहमा आईटी प्रविधिको प्रयोग बढाउँदै लगेको बताउदैँ प्रधानाध्यापक महर्जनले आईटी पढ्ने विद्यार्थीले आईटीको क्षेत्रमा केही नयाँ काम गर्ने आइडिया ल्याएमा कलेजले लगानीका लागि अवसर सिर्जना गर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रविधि विभागका प्रमुख सर्विन सायमीले नेपालमा कम्प्युटर विज्ञान, आईटी शिक्षा अध्ययनको भविष्य राम्रो रहेको र विद्यार्थीको आकर्षण बढिरहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयले मास्टर्स अफ साईबर सेक्युरिटीजको पढाई सुरू गर्न लागेको बताउँदै कम्प्युटर साईन्स विषयमा पिएचडी कार्यक्रम पनि अघि बढिरहेको जानकारी दिनुभयो । सायमीले हाल कम्प्युटर बिज्ञानमा ६० जनाले पिएचडी गरिरहेको बताउनुभयो ।
उहाँले सुचना प्रविधिको क्षेत्रमा स्थापित भएका विश्वका ठूला कम्पनीहरूको अवस्था तलमाथि भईरहने, नयाँ आईडिया बोकेका नयाँ प्रविधिले स्थापित कम्पनीलाई पनि पछि पार्ने संभावनाहरू भईरहने भएकोले आईटीको क्षेत्रमा नयाँ संभावनाका क्षेत्रहरू धेरै रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सेन्ट लरेन्स कलेजबाट पास आउट भएर आईटी क्षेत्रमा स्थापित भएका पूर्व विद्यार्थी प्रकाश ढुंगाना र लिफफ्रग टेक्नोलोजी आईटी कम्पनीका सिनिअर प्रोजेक्ट म्यानेजर संगिता शर्माले कलेजले दिने शिक्षा, आईटी क्षेत्रका अवसर र संभावनाहरूका बारेमा चर्चा गर्नुुभएको थियो ।सेन्ट लरेन्सले मन्टेश्वरीदेखि मास्टर्ससम्म विभिन्न विषयवस्तु केन्द्रीत विषयहरू अध्ययन अध्यापन गराउँदै आईरहेको छ ।